आइतबार, मंसिर ९ गते २०८१    
images
images

जी मोटर्सले भित्र्यायो विद्युतीय सवारी ब्रान्ड 'स्काइवेल', प्रिमियम एसयूभी ईटी फाइभको बुकिङ खुल्यो

images
बिहीबार , भदौ २१ २०८०
images
images
जी मोटर्सले भित्र्यायो विद्युतीय सवारी ब्रान्ड 'स्काइवेल', प्रिमियम एसयूभी ईटी फाइभको बुकिङ खुल्यो

स्वाइवेल ईटी फाइभमा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ।

images
images

काठमाडौं- लामो समयदेखि सवारी बिक्री गर्दै आएको जी मोटर्सले आधिकारिक बिक्रेताका रूपमा नयाँ ब्रान्ड नेपाल‌ भित्र्याएको छ। जी मोटर्सले चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काइवेल नेपाल ल्याएको हो।

images
images
images

स्काइवेलका विद्युतीय सवारी ४५ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। बिहीबार एक कार्यक्रम गरी जी मोटर्सले स्काइवेल ब्रान्ड नेपाल भित्र्याएको औपचारिकरुपमै जानकारी गराएको हो।

images

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ भित्र्याएको हो। स्काइवेल ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यो कारको मूल्य १ करोड ९ लाख रूपैयाँ हुनेछ।

images

जी मोटर्सले ब्रान्डको औपचारिक रुपमा सार्वजनिक गरेसँगै स्काइवेलको प्रिमियम एसयूभी ईटी फाइभको बुकिङसमेत खुला गरेको छ। बुकिङ गरेका उपभोक्ताले स्काइवेलको ईटी फाइभ दसैँअघि नै डेलिभरी पाउने दाबी कम्पनीले गरेको छ। 

विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाले बताए। नेपालको बाटो र यहाँका उपभोक्ताको आवश्यकता पूरा गर्ने उच्च प्रविधि र विशेषाताले भरिएको ईटी फाइभ विद्युतीय एसयूभी दसैँअगावै उपभोक्तालाई हस्तान्तरण गर्नेगरि काम भइरहेको गेलालले बताए। 

जी मोटर्सले स्काइवेल ईटी फाइभको नेपाली बजार मूल्य १ करोड ९ लाख रूपैयाँ पर्ने बताएको छ। 

स्काइवेल ईटी फाइभ विशेष गरि इन्टे लिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। 

स्वाइवेल ईटी फाइभमा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ। जी मोटर्सले स्काइवेल ब्रान्ड यही भदौ २६ गतेदेखि हुने नाडा अटो शो २०२३ मा समेत प्रदर्शनीका लागि राख्ने छ। त्यसका लागि जी मोटर्सले जी ईभीका नाममा स्टलसमेत बुक गरेर राखेको छ। 

२०७४ मा स्थापना भएको जी मोटर्सले यस अघि नेपाली बजारमा विभिन्न ब्रान्ड सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ। जी मोटर्सले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ।

पछिल्लो समय विद्युतीय सवारीप्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी ईभीमार्फत स्वाइवेल ब्रान्ड आधिकारिक रूपमा ल्याएको हो। विद्युतीय एसयूभीमा पनि प्रिमियम सेमगेन्टका उपभोक्तालाई उपयुक्त मूल्यमा सवारी उपलब्ध गराउने उद्देश्यले जी ईभीले नयाँ ब्रान्ड भित्र्याएको हो। 

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल विगत १६ वर्षदेखि आटोमोबाइल क्षेत्रमा आबद्ध छन्। लामो समयको सवारी बिक्री अनुभवमार्फत स्वाइवेल ब्रान्डसहिरत नेपाली उपभोक्ता र यहाँको भूगोल सुहाउँदो प्योर ईभी प्ल्याटफर्मका विद्युतीय सवारी बिक्रीमा होमिएका छन्।


प्रकाशित : बिहीबार , भदौ २१ २०८००८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend