आइतबार, असोज ६ गते २०८१    
images
images

भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

images
बुधबार, भदौ २० २०८०
images
images
भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियान अझ प्रभावकारी बनाउने बताए।

images
images

चितवन- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताएका छन्। सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई आज माडीमा सम्बोधन गर्दै उनले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताएका हुन्।

images
images
images

'यो मेरो मात्रै नभइ सरकारको पनि संकल्प हो। यस अभियानलाई विश्राम लिने छैनौँ', मन्त्री श्रेष्ठले भने। यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उहाँले सबैप्रति आभार व्यक्त गरे। भ्रष्टाचार विरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरुलाई समस्या पारेको भन्दै उनले भने, 'हाम्रो मिसन र ध्ययमा हामी सम्झौता गर्ने छैनौंँ।'

‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् तरु’ भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वभाविक भए पनि सरकार भ्रष्टाचार विरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे। उनले भने, 'यो सरकार भ्रष्टाचार, तस्करी, कालोबजारी, दण्डहिनता, ठगीको विरुद्धमा उभिएको छ। यस अभियानलाई निरन्तरता दिनेछौँ।'

सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री श्रेष्ठले दृढता व्यक्त गरे। यी काम सजिलो नभएको भन्दै उनले भने, 'सजिलो बाटो होइन भनेर तै चुप मै चुप भएर यथास्थितिकै सामु लम्पसार पर्ने काम यो सरकार र गृहमन्त्रीबाट हुन सक्दैन।' उनले भ्रष्टाचार विरोधी अभियान अझ प्रभावकारी बनाउने जनाउँदै यस्तै अन्य घटनाको खोजी गरी छानबिन गर्ने बताए।

images

देशमा ठूलो राजनीतिक परिवर्तन भएको भन्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताए।

'क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा होस् वा नेपालमा लोकतन्त्र स्थापना गर्ने सन्दर्भमा होस् सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलेका छन्', उनले भने। रासस


प्रकाशित : बुधबार, भदौ २० २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend