आइतबार, असोज ६ गते २०८१    
images
images

एकैपटक २३ जिल्लामा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

विद्युतीय सवारी र दीगो विकासमा नयाँ यात्रा : ऊर्जामन्त्री बस्नेत

images
बुधबार, भदौ २० २०८०
images
images
एकैपटक २३ जिल्लामा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको हो। 

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको एकसाथ उद्घाटन गरिएको छ।

images
images
images

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसनका उद्घाटन गरेका हुन्।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो।

करिब ४० करोड रूपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार  र २५ वटामा साना/ठूला कारहरु चार्ज गर्न मिल्ने छन्। 

images

उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरु न्यूनिकरणमार्फत देशको दीगो विकासमा महत्वपूर्ण पाइला भएको बताए। विद्युतीय सवारी साधानको प्रवर्द्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्न कार्य भइरहेको बताए। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए। विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताए। उनले प्राधिकरणले देशभर थप ५ सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको उल्लेख गरे।

एसियाली विकास बैंककी दक्षिण एसिया ऊर्जा महाशाखा प्रमुख सुजाता गुप्ताले कार्वनउत्सर्जन घटाउने यातायात महत्वपूर्ण क्षेत्र भएकाले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने पूर्वाधार निर्माणमा जोड दिइन्।

एकैपटक २३ जिल्लामा ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा

धादिङको धार्केमा २ वटा, मुग्लिनमा १, काठमाडौंस्थित साझा सेवा बल्खुमा २, ललितपुरस्थित साझा सेवा पुल्चोकमा १, नेपाल विद्युत प्राधिकरण रत्नपार्कमा १, भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा १, चितवनस्थित पारस बसपार्कमा २, सिन्धुलीको खुर्कोटमा २, सिन्धुली बसपार्कमा १, इलाका प्रहरी कार्यालय बर्दिबासमा २ वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका हुन्।

यस्तै सर्लाहीको हरिवनमा २, सुनसरीको इनरुवा बसपार्कमा १, प्रहरी पेट्रोल पम्प लाहानमा २, पोखराको मालेपाटनस्थित कालिका फ्युल सेन्टरमा २, पर्यटक बसपार्क पोखरामा १, दमक बसपार्क झापामा २, उदयपुरको बेलका नगरपालिकामा २
बिर्तामोड बसपार्कमा २, सुर्खेत बसपार्कमा २ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ।

हेटौँडा रातमाटेमा २, विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुरमा १, प्रहरी पेट्रल पम्प सामाखुसीमा २, बेगनास ताल पोखरामा १, बुटवल बसपार्कमा २ इटहरीमा १, विराटनगर १, कोहलपुर नयाँ बसपार्कमा २, धनगढीमा २, त्रिशूली हावा घर नुवाकोटमा १, बट्टार, कुश्मा र लम्कीमा १-१ र लमही बसपार्कमा वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो।

५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट, कति लाग्छ चार्जिङ खर्च?

चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा असी पैसा, माइक्रोबसमा नब्बे पैसा र बसहरुमा एक रूपैयाँ बीस पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ। नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्रीट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ।

आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको हो। 

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ। चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एकसाथ चार्ज गर्न सकिने छ। 

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रूपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो।

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्नेछ। ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ। ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ। सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्। 


प्रकाशित : बुधबार, भदौ २० २०८००८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend