शनिबार, मंसिर ८ गते २०८१    
images
images

पोखरा र भैरहवामा निर्माण हुने २ होटलमा ३ अर्बको लगानी प्रतिबद्धता, कुनमा कति?

images
बुधबार, भदौ २० २०८०
images
images
पोखरा र भैरहवामा निर्माण हुने २ होटलमा ३ अर्बको लगानी प्रतिबद्धता, कुनमा कति?

होटलमा १ सय ३ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। होटलमा ५ सय केभिए बिजुली खपत हुनेछ। 

images
images

काठमाडौं- पोखरा र रुपन्देहीको भैरहवामा ३ अर्ब रूपैयाँको लगानीमा २ वटा तारे होटल निर्माण हुने भएको छ। २ वटा होटलमा ३ अर्ब १ करोड रूपैयाँभन्दा बढीको लगानी प्रतिबद्धतासँगै उद्योग विभागमा दर्ता भएको छ।

images
images
images

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा स्थापना हुने गरी होटल बुद्ध स्टार प्रालि दर्ता भएको छ। होटलमा सतप्रतिशत नेपाली लगानी रहेको छ।

images

उद्योग विभागको दर्ता विवरणअनुसार होटलमा १ अर्ब ८५ करोडको लगानी प्रतिबद्धता आएको छ। २ सय बेड क्षमताको होटलमा १ सय २० सिट क्षमताको रेष्टुँरासहित ५ सय ब्यांकेट निर्माण हुनेछ।

images

होटलमा १ सय ३ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। होटलमा ५ सय केभीए बिजुली खपत हुनेछ। 

यसैगरी पोखरा महानगरपालिका वडा नम्बर ३१ मा पनि नयाँ तारे होटल निर्माण हुने भएको छ। वाटफोर्ड होटल म्यानेजमेन्ट प्रालिको नाममा उद्योग विभागमा दर्ता भएको हो।

होटलमा १ अर्ब १६ करोड रूपैयाँको लगानी प्रतिबद्धता रहेको छ। ९२ वेड क्षमताको होटलमा २ सय सिट क्षमताको रेष्टुँरा रहने छ। होटलमा ७९ जनाले रोजगारी पाउने छन्। होटलमा सतप्रतिशत नेपाली लगानी रहेको छ।


प्रकाशित : बुधबार, भदौ २० २०८००२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend