आइतबार, असोज ६ गते २०८१    
images
images

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न मन्त्री ज्वालाले गरे नेपाली सेना र सडक विभागका उच्च अधिकारीसँग छलफल 

images
मंगलबार, भदौ १९ २०८०
images
images
हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न मन्त्री ज्वालाले गरे नेपाली सेना र सडक विभागका उच्च अधिकारीसँग छलफल 

सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारी योजनालाई यसै वर्ष पूरा गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहल कदमी लिएका छन्।

images
images

काठमाडौं- हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटमा एउटा योजना छुट्दैन - हुम्ला सदरमुकाम सिमिकोटमा सडक पुर्‍याउने। तर वर्षको अन्तिम महिनामा आइपुग्दा सरकारको योजना कागजमा मात्र सीमित हुने गरेको छ। सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारी योजना वर्षाैँदेखि अपूरो छ।

images
images
images

सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारी योजनालाई यसै वर्ष पूरा गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहलकदमी लिएका छन्।

मंगलबार नेपाली सेना, मन्त्रालय र सडक विभागका उच्च अधिकारीहरुसँग मन्त्री ज्वालाले विशेष छलफल गरेका छन्। ‘सरकारले हरेक वर्ष आफ्नो प्राथमिकतामा राख्छ तर सडक सिमिकोट पुग्दैन, यो वर्ष जसरी पनि सडक सञ्जालले हुम्ला सदरमुकामलाई जोड्नैपर्छ’, मन्त्री ज्वालाले भने, ‘केही समस्या छन् भने भन्नुहोस्, समाधानको उपाय खोजौँला तर सडक अपूरो भयो भन्ने छुट यसपटक हामीलाई छैन।’

सलीसल्लादेखि सिमिकोटसम्मको ५५ किलोमिटर सडक मध्ये २.५ किलोमिटर सडक मात्र ट्रयाक खोल्न बाँकी छ। ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ। ट्रयाक खोल्ने काम केही महिनामै सक्ने नेपाली सेनाले मन्त्री ज्वालालाई विश्वास दिलाएको छ। लालीबगर-लेचे सडक खण्डको २.५ किलोमिटर सडक केही समयमा ट्रयाक खोलिए पनि नियमित यातायातका साधनहरु चल्नसक्ने अवस्था छैन। 

images

ट्रयाक खोलिएको च्याछरा खण्डको ६ सय मिटर सार्वजनिक बस चल्ने अवस्थामा छैन। ट्याक्टरहरु आवत-जावत गरेपनि ठूला र साना सवारी साधन चल्ने अवस्थामा सडक नभएको मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले बताए।  

‘ट्रयाक ओपन भएको तर यातायात चल्न सक्ने अवस्थामा नरहेको सडकको बाँकी काम पनि नेपाली सेनालाई सुम्पिने योजना मन्त्रालयले बनाएको छ’, सहसचिव थापाले भने, ‘विस्फोटक पदार्थको अभावमा च्याछरा सडकको स्तर उन्तति गर्न सकिँदैन, त्यही भएर नेपाली सेनालाई जिम्मा दिने मनसाय मन्त्रालयले बनाएको हो।’

मन्त्री ज्वालाले सडक विभागबाट यसै वर्ष गाडी चल्ने गरी सडक निर्माण गर्न नसकिने अवस्था भए नेपाली सेनालाई जिम्मा दिने बताए। ‘जसरी पनि यो वर्ष हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नु नै छ, त्यसका लागि सडक विभागले कहाँ के गर्ने? नेपाली सेनाले कहाँ के गर्ने? त्यसको योजना तत्काल ल्याउनुहोस्’, मन्त्रालयका उच्च अधिकारीहरुलाई मन्त्री ज्वालाले निर्देशन दिए।

सलीसल्लादेखि खुलालुसम्मको १२३ किलोमिटर सडकको ट्रयाक ओपन भइसकेको छ। यही सडकमा बस चलाउन कालिकोटका एक व्यापारीले चीनको बाटो भएर जिल्लामा गाडी पुर्‍याएका छन्।


प्रकाशित : मंगलबार, भदौ १९ २०८०१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend