आइतबार, असोज ६ गते २०८१    
images
images

बागमतीमा ९५ पुल निर्माण

images
मंगलबार, भदौ १९ २०८०
images
images
बागमतीमा ९५ पुल निर्माण

गत आव सम्ममा पटके मर्मत सम्भारतर्फ धुलो सडक एक हजार पाँच सय ८४ किमी मर्मतसम्भार गरिएको छ।

images
images

बागमती- बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निर्माण गरेको छ। यातायात सेवा सहज गर्न पुल निर्माण गरिएका हुन्।

images
images
images

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशको १३ जिल्लामा पुल निर्माण गरिएका हुन्। विसं २०७४ यता प्रदेश सरकारले ती पुल निर्माण सम्पन्न गरेको हो।

विगत ६ वर्षदेखि भौतिक पूर्वाधार कार्यालयबाट पक्की पुल, झोलुंगे पुल, सडक ढलान, कालोपत्रसहित सडक स्तरोन्नति, सडक मर्मतसम्भारलगायत काम भइरहेको सो मन्त्रालयका प्रवक्ता नवीनकुमार सिहंले जानकारी दिए। गत आवमा सो मन्त्रालयअन्तर्गतको निकायबाट २६ पुल निर्माण भएका थिए।

प्रदेशमा  विगत ६ वर्षमा १३ झोलुंगे पुल निर्माण गरिएका छन्। मन्त्रालयले गत आवमा दुई सय ८१ किमीसहित हालसम्म कुल एक हजार ४३ किमी सडकको नयाँ ट्र्याक खोल्ने काम गरेको  प्रवक्ता सिहंले बताए।

images

गत आव सम्ममा पटके मर्मत सम्भारतर्फ धुलो सडक एक हजार पाँच सय ८४ किमी मर्मतसम्भार गरिएको छ। गत आव सम्ममा हेरालुमार्फत एक हजार १७ किमी मर्मत सम्भार, नौ सय ३८ किमी सडक ग्राभेल स्तरोन्नति तथा ६ सय ८० किमी  सडक कालोपत्रसहित स्तरोन्नति गरिएको प्रवक्ता  सिंहले जानकारी दिए।


प्रकाशित : मंगलबार, भदौ १९ २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend