आइतबार, असोज ६ गते २०८१    
images
images

रैथाने मह किन्न घरमै पुग्छन् ग्राहक, वार्षिक एक लाखसम्म आम्दानी गर्छन् कृषक

images
मंगलबार, भदौ १९ २०८०
images
images
रैथाने मह किन्न घरमै पुग्छन् ग्राहक, वार्षिक एक लाखसम्म आम्दानी गर्छन् कृषक
images
images

दाङ- तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ श्रीखोलाका प्रेमबहादुर विकले रैथाने मौरी पाल्न थालेको दश वर्ष भयो। दैनिक हुने अन्य कामसँगै बाँकी रहेको समय मौरीपालन गरेरै उनले वार्षिक एक लाख रूपैयाँ कमाइ गर्दै आएका छन्।

images
images
images

'हामीले पालेको मौरी स्थानीय जातको हो, यसलाई विकासे मौरीको झै समय पनि दिनुपर्दैन, आफै मेहनत गरेर यो मौरीले मह दिन्छ', प्रेमबहादुरले भने, 'दिनभर अरु काम गर्ने र साँझ, बिहान हेरचाह गरे मात्रै पनि पुग्छ।'

दशवर्ष अघिदेखि परम्परागतरूपमा चल्दै आएको काठको घारमा मौरीपालन सुरु गरेका उनले सुरुमा दुई/तीन घारबाट काम सुरु गरे, त्यसपछि ४० घारसम्म मौरीपालन गरेका छन्। बीचमा रोग लाग्दा पनि कहिले  घट्ने र कहिले बढ्ने भइरहेको छ। 'मैले ४० घारसम्म मौरीपालन गरेँ', प्रेमबहादुरले भने, 'कहिले रोग लागेर ह्वात्तै घट्ने पनि गर्छ, भने कहिले बढ्छ।'

रैथाने जातको मौरीले आफै मेहनत गर्ने भएकाले आफूहरुले धेरै दुःख गर्न नपर्ने उनको भनाइ थियो। यसरी प्राप्त भएको मह बजारीकरणका लागि पनि लैजानु पर्दैन। यो मह खोज्दै ग्राहक घरमै आउने गर्छन्।

images

स्वास्थ्यका हिसाबले एकदमै उत्तम भएकाले पनि घरमै आएर लैजाने गरेको प्रेमबहादुरले बताए। 'यो मह बिक्री गर्न हामी कहिल्यै बजार गएनौँ, ग्राहकहरू खोज्दै घरमै आउँछन् ',उनले भने, 'वार्षिक एक क्विन्टलसम्म मह उत्पादन हुने भएकाले धेरै ग्राहकलाई त पुर्‍याउन पनि मुस्किल पर्छ।'

सोही ठाउँका  कमल प्रकाश डाँगीले पनि २० घार रैथाने जातका मौरीपालन गरेका छन्। उनले पनि वार्षिक एक लाख रूपैयाँको हाराहारीमा आम्दानी गर्दै आएका छन्। प्रतिकिलो मह १५ सय रूपैयाँका दरले बिक्री हुँदै आएको छ।

स्थानीय उत्पादन भएकाले यो मह लैजान बुटवल, नवलपरासीबाट मात्रै होइन् भारतबाट समेत आउने गरेको उनले बताए।'हामीले काठको घारबाट निकालेर मह दिन्छौं', कमलले भने, 'कसैले चाकासहित लैजान्छन भने कसैले उतिबेलै निचोरेर मह लैजान्छन्।'

पछिल्लो सयम गाउँ-गाउँमै पुग्ने गरेको विकासे मौरीपालनले रैथाने मौरी विस्तापित हुने खतरा रहेको उनीहरूको गुनासो थियो। रासस


प्रकाशित : मंगलबार, भदौ १९ २०८०१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend