आइतबार, असोज ६ गते २०८१    
images
images

नक्कली विज्ञापनको भर पर्दा डुब्यो ३४ लाख

images
मंगलबार, भदौ १९ २०८०
images
images
नक्कली विज्ञापनको भर पर्दा डुब्यो ३४ लाख

इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरु ठूलो रकम गुमाउन पुगेका हुन्।

images
images

काठमाडौं- वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन्। उनीहरुले ३४ लाख रूपैयाँ ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए। त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

images
images
images

कार्यालका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरु ठूलो रकम गुमाउन पुगेका हुन्।

अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत पाँच लाख ४५ हजार रूपैयाँ तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो।

'क्यानडा जानका लागि प्रोसेसका लागि आइएलटिएस सर्टिफिकेट र सिभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरु पठाइदिनुहोस् भनी पटकपटक ह्वाट्सएपबाट माग गरेको पाइयो, त्यसपछि पीडितले कागजात पठाएका थिए,' प्रहरी उपरीक्षक रेग्मीले भने, 'उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेको बैंक खातामा पैसा हाल्न लगााएको भेटियो।'

images

पीडितलाई त्यसरी लोभ्याएर पटकपटक गरी जम्मा ३४ लाख ५७ हजार रूपैयाँ पठाउन लगाइ ठगी गरेपछि उनीहरु सम्पर्कविहीन भएको भनी जाहेरी परेको थियो र सोही जाहेरीका आधारमा टोली परिचालन गरी खोजी थालिएको थियो।

यसरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न पाइएपछि जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका-६ बस्ने ३० वर्षीय लक्ष्मण नेपाली र जिल्ला सप्तरी राजविराज नगरपालिका-४ का ३५ वर्षीय महावीरप्रसाद साहलाई पक्राउ गरी कानूनी कारबाही सुरु भएको पनि उनले बताए। रासस


प्रकाशित : मंगलबार, भदौ १९ २०८००६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend