काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राखेको छ।
पटक पटक लिखित तथा मौखिक रुपमा काम गर्न मौका दिँदासमेत काम नगर्ने निर्माण व्यवसायी तथा सप्लायर्सलाई कालोसूचीमा राखेको हो।
कार्यालयले मंगलबार एक सूचना जारी गर्दै काम गलाउने विभिन्न निकायको सिफारिसमा १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ।
कार्यालयले सार्वजनिक निकायहरुबाट लेखिआएअनुसार भदौ १८ गतेको निर्याय अनुसार कालोसूचीमा राखेको हो। सार्वजनिक खरिद ऐन २०६३ को दफल ६३ को उपदफा ६३ बमोजिम १ बमोजिम सूचना जारी गरेर कालोसूचीमा राखिएको छ। कालोसूचीमा रादिएको अवधिभर उल्लेखित निर्माण कम्पनी तथा सप्लायर्सले सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्।