आइतबार, असोज ६ गते २०८१    
images
images

सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइयो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १९ २०८०
images
images
सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइयो

सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँगको सम्झौताको म्याद सकिएपछि नगरपालिकाले थप गरेको छैन। उनीहरूलाई सार्वजनिक सूचना जारी गरेर संरचना हटाउन आग्रह गरेको छ।

images
images

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ। सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना हटाएको हो। बेनी नगरप्रमुख सुरत केसीले अस्पतालचोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुई पसलको संरचना सोमबार भत्काइएको जानकारी दिए। 

images
images
images

'व्यवसायीले अटेर गरेपछि नगरपालिका आफैँले अस्पताल चोकको सार्वजनिक जग्गामा बनेका दुुई पसलको संरचना हटाएको छ', उनले भने, 'अतिक्रमण हटाएको ठाउँमा सवारीसाधन पार्किङस्थल बनाउँछौँ।' सवारीसाधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि अतिक्रमण हटाउने कामलाई तीव्रता दिएको नगरप्रमुख केसीले बताए। 

यसअघि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा, सटर, ट्याङ्की र ठेला हटाइएको थियो। कालीपुलको अतिक्रमण हटाइएको ठाउँमा बसपार्क बनाइएको छ। 

जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिको सार्वजनिक जग्गामा सघन सहरी तथा भवन डिभिजन कार्यालयमार्फत सडक ढलान र नाली निर्माण गरिएको छ। सो ठाउँबाट १५ वटा सटर र ट्याङ्की हटाइएको थियो। ठेलामा फलफूल व्यवसाय गर्नेलाई अन्यत्र स्थानान्तरण गरिएको थियो।

images

नाली र ढलान भएपछि सो क्षेत्रमा धुुलो र हिलोको समस्या हटेको वीरेन्द्रचोक टोल सुधार समितिका पूर्वअध्यक्ष दलप्रसाद श्रेष्ठले बताए। सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँगको सम्झौताको म्याद सकिएपछि नगरपालिकाले थप गरेको छैन। उनीहरूलाई सार्वजनिक सूचना जारी गरेर संरचना हटाउन आग्रह गरेको छ। अन्यत्रको सार्वजनिक जग्गाको अतिक्रमण हटाएर सराहनीय काम गरे पनि नगरपालिका कार्यालय अगाडिको मोटरेबल पुल अतिक्रमण गरेर बनाइएको संरचना हटाउन बेवास्ता गरेको बजारवासीले नगरपालिकासँग गुनासो गरेका छन्। 

नगरप्रमुख केसीले मोटरेबल पुल असापासको सार्वजनिक जग्गा अतिक्रमण हटाएर बाग्लुङ, भकिम्ली र बरंजा छुट्ने सवारीसाधनको पार्किङस्थल बनाउने योजना रहेको बताए। रासस


प्रकाशित : मंगलबार, भदौ १९ २०८००४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend