शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक प्रणाली’

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १९ २०८०
images
images
वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक प्रणाली’

सडकको चोक तथा मिलनविन्दु (दोबाटो र चौबाटो)देखि कुनै निश्चित घरको दूरी (लम्बाइ)का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो।

images
images

वीरगन्ज- वीरगन्ज नगरपालिकाले नगरवासीका घर सहजै पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणाली (जिआइएस बेस्ड हाउस नम्बरिङ)को सुरुवात गरेको छ।

images
images
images

बढ्दो सहरीकरणसँगै घर सङ्ख्या बढ्दै गएकाले घर पहिचानमा सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले मेट्रिक ठेगाना प्रणालीको थालनी गरेको हो। नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख राजेशमान सिंहले बताए।

images

महानगरको आरयुडिपी प्रोजेक्टअन्तर्गत एडिबीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो। गणकले आवश्यक तथ्यांक संकलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउने गर्छन्। वीरगन्ज महानगरपालिकाको वडा नं १० आदर्शनगरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगरप्रमुख सिंहले नम्बरप्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणाली सुरुवात गरेका हुन्।
  
आदर्शनगर चोकबाट ठाकुरराम क्याम्पससम्मको सडकलाई पशुपति घोषमार्ग नामकरण गरी दुई सय ३० नम्बरको नम्बरप्लेट टाँस गरिएको छ। सडकको चोक तथा मिलनविन्दु (दोबाटो र चौबाटो)देखि कुनै निश्चित घरको दूरी (लम्बाइ)का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो। उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोही आधारमा घर–घरमा नम्बरप्लेट राखिने महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए।

images
images
images

पहिलो चरणमा महानगरको वडा नं १ देखि १६ सम्म जिआइएस बेस्ड हाउस नम्बरिङ गर्नका लागि सर्भे गरी सबै सडकको नामकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिसकिएको जिआइएस विज्ञ उमेश कुँवरले बताए। आवश्यक डाटाबेसका आधारमा सडकको सुरु विन्दुबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ बिजोर नम्बर प्रणालीका आधारमा नम्बरिङ गरिने पनि उनले बताए। 

पशुपति घोषमार्गमा आजै ५५  घरमा नम्बरिङ गरिएको छ।  १६ वटै वडाको करिब ३३ हजारभन्दा बढी घरमा नम्बरिङ गर्ने गरी तयारी भएको र पहिलो चरणमा कम्तीमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बरप्लेट वितरण गर्ने महानगरको लक्ष्य रहेको प्राविधिक सल्लाहकार अमात्यको भनाइ छ। यो प्रणालीमा सडक–गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो–कोहीले खोजेको घर सहजै पत्ता लगाउन सक्ने जिआइएस टेक्निसियनसमेत रहेका सबइन्जिनियर अर्चन आचार्यले बताए। रासस 


प्रकाशित : मंगलबार, भदौ १९ २०८००३:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend