शनिबार, साउन १२ गते २०८१    
images
images
images

नागमती बाँध निर्माणमा २५ अर्ब लाग्ने, ८० हजार रुख काटिने

images
मंगलबार, भदौ १९ २०८०
images
images
नागमती बाँध निर्माणमा २५ अर्ब लाग्ने, ८० हजार रुख काटिने
तस्बिरमा बागमती धाप ड्याम
images

काठमाडौं- काठमाडौं गोकर्णेश्वर-१ मा नागमती बाँध निर्माण हुने भएको छ। बाँध निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ।
 
आयोजनाको प्रस्तावक 'जलस्रोत तथा सिँचाइ विभाग नागमती बाँध आयोजना' रहेको छ। विस्तृत सम्भाव्यता अध्ययनअनुसार आयोजनाको लागत २५ अर्ब ७ करोड ९८ लाख २० हजार रूपैयाँ रहेको छ। जसमा बाँध निर्माणलगायत संरचना, जलाधार व्यवस्थापन र पर्या-पर्यटन र संस्थागत क्षमता निर्माण तथा सुरक्षाको लागतसमेत रहेको छ।

images
images

आयोजना निर्माणस्थलमा रहेका ८० हजार २ सय ५८ वटा रुखहरू कटानी हुने छ। आयोजनाबाट हुने झण्डै ०.२९५ हेक्टर निजी जमिनको स्थायी अधिग्रहणले ३० घरधुरीहरूलाई प्रत्यक्ष रुपमा प्रभाव पार्नेसमेत रिपोर्टमा उल्लेख छ।

images

आयोजनाको बाँध नागमती नदी र बागमती नदीको संगमस्थलभन्दा ३ किलोमिटर माथिको मूलखर्क गाउँनजिक गोकर्णेश्वर-१ काठमाडौंमा रहेको नागमती नदीमा शिवपुरी राष्ट्रिय निकुञ्जभित्र कंक्रिट-फेस्ड रकफिल ड्याम प्रकृतिको बाँध निर्माण हुने छ।

बाँधको उचाइ ९४.५ मिटर, लम्बाइ ५५४ मिटर र क्रेष्टमा ७ मिटर चौडाइ हुने रिपोर्टमा उल्लेख छ। ‍बाँध निर्माणबाट ४८०, ४२६ वर्ग मिटरमा फैलिएको पूर्ण आपूर्ति स्तरमा ९४.८४ लाख घनमिटर जल भण्डार क्षमताको जलाशय निर्माण हुने छ।

images

रिपोर्टमा यसको अतिरिक्त पेनस्टक, पावरहाउस, स्पिल वे, टरवाईन, पुल तथा विद्युत प्रसारण लाइन जस्ता संरचनाहरू निर्माण हुने छ। आयोजनाका लागि ६५.३०४ हेक्टर जमिन आवश्यकता पर्नेछ। जसमध्ये ६२.९७७ हेक्टर स्थायी रुपमा र २.३२७ हेक्टर अस्थायी रुपमा आवश्यक पर्नेछ। 

कुल जग्गामध्ये ६५ हेक्टर वन क्षेत्र र ०.२९५ हेक्टर निजी जग्गा आयोजनाले प्रस्ताव गरेको छ। निर्माण अविधमा करीब ३ सय कामदारहरू दैनिक रुपमा आवश्यक पर्ने र आयोजनाको निर्माण अवधि ७ वर्ष हुने रिपोर्टमा उल्लेख छ।

आयोजना क्षेत्र समुन्द्री सतहबाट १४१० मिटरदेखि १९११ मिटरमा फैलिएको छ। आयोजनाले निर्माणका क्रममा स्थानीय व्यापार व्यवसायमा वृद्धि र आयोजनाले स्थानीय स्तरमा पूर्वाधार तथा सामाजिक सेवाको विकासमा मद्दत पुऱ्याउने रिपोर्टमा उल्लेख छ।

आयोजनाको सञ्चालन तथा मर्मत सम्भार चरणमा, बागमती नदीको पानीको गुणस्तर सुधार हुनुको साथै सामाजिक तथा साँस्कृतिक कार्यको लागि थप बहाव प्राप्त हुनेसमेत रिपोर्टमा उल्लखे छ। आयोजनाले १.८६ मेगावाट जलविद्युत उत्पादन र वर्षायाममा मेलम्ची आयोजनामार्फत काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई ४५० लिटर प्रतिसेकेण्ड खानेपानी उपलब्ध हुनेछ।

आयोजनाको कारण वृद्धि हुने आगन्तुक दस्तुरमार्फत शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको राजस्व संकलनमा वृद्धि हुनेसमेत प्रक्षेपण गरिएको छ। आयोजना सञ्चालन चरणमा नागमती नदीको एकीकृत जलाधार व्यवस्थापन, बाढी नियन्त्रण, स्थानीय र प्रवासी पक्षी प्रजातिलाई वासस्थान, भू-जलाधार पूनर्भरण र जलाशयबाट वायुमण्डलीय कार्बन सञ्चितीकरणमार्फत जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण जस्ता लाभहरू प्राप्त हुनेसमेत रिपोर्टमा उल्लेख छ।


प्रकाशित : मंगलबार, भदौ १९ २०८०००:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend