मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

उतारचढावबीच सेयर बजार सामान्य वृद्धितर्फ, १ अर्ब ९ करोडको कारोबार

images
सोमबार, भदौ १८ २०८०
images
उतारचढावबीच सेयर बजार सामान्य वृद्धितर्फ, १ अर्ब ९ करोडको कारोबार
images
images

काठमाडौं-  निरन्तर ओरालोतर्फ लागेर आइतबार २९.८१ अंकले घटेको नेप्से परिसूचक सोमबार स्थिर बनेको छ। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन। बजारमा स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा लगानीकर्ता अघि बढ्न सकेका छैनन्। जसले लामो समयदेखि बजार उही बिन्‍दु वरपर देखिन्छ। 

images
images
images

सोमबार ७.०४ अंकले बढेर बजार १९६७.८३ बिन्दुमा पुगेको छ। १२६ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ९ करोड ९१ लाख ३९ हजार रूपैयाँको कारोबार भएको छ। ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी भएको देखिन्छ। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन।

images
images

सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्। बजार निरन्तर कमजोर बनिरहँदा बीचमा कुनै दिनको अप्रत्याशित वृद्धि त्यसैको उपज भएको उनीहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, भदौ १८ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend