शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

स्कोडा-फक्सवागनले भारतमा २० लाख भारुमै विद्युतीय कार ल्याउने

महिन्द्रासँग साझेदारीको सम्भावना

images
सोमबार, भदौ १८ २०८०
images
images
स्कोडा-फक्सवागनले भारतमा २० लाख भारुमै विद्युतीय कार ल्याउने

उत्पादनको प्रक्रियामा रहेको विद्युतीय कारमा केही संवेदनशिल ब्याट्री सेल जर्मनीबाट ल्याए पनि अन्य ब्याट्री प्याक, विद्युतीय मोटर तथा बीएमएस भारतमै उत्पादन गर्ने योजना स्कोडाको छ। 

images
images

काठमाडौं- जर्मन कार निर्माता कम्पनी फोक्सवागनले भारतमा कम मूल्यको विद्युतीय कार ल्याउने तयारी गरेको छ। फक्सवागन अटो ग्रुप अन्तर्गतका दुई ब्रान्ड फक्सवागन र स्कोडा ब्रान्डमार्फत नयाँ कम्प्याक्ट विद्युतीय कार ल्याउने तयारी गरेको हो। 

images
images

प्रारम्भिक रुपमा फाक्सवागनले भारतमा उत्पादन गर्ने विद्युतीय कार आईडी वान हुनेछ। उक्त कार एमईबी २१जी कोडनेममा उत्पादन भइरहेको छ। फक्सवागनले यही प्लेटफर्ममा विश्व बजारका लागि आईडी वान नाममा कम मूल्यको विद्युतीय कार बनाइरहेको छ। भारतमा भने यो कार के नाममा आउने र फक्सवागन वा स्कोडा कुन ब्रान्डमा आउने टुंगो लागेको छैन। 

images
images

हाल भारतमा फक्सवागन र स्कोडाका स्कोडा कुशाक, स्लाभिया भीडब्लू टाइगुन र भच्युजलगायत मोडल बिक्री भइरहेको छ। जसले राम्रो संख्यामा उपभोक्ता आकर्षिकत गरिरहेको छ। भीडब्लूले भारत केन्द्रित एमक्यूबी एजेरो आईएन प्लेटफर्म विकास गरेर पूर्णतः स्थानीय उत्पादन गरिरहेको छ। 

images
images

स्कोडा ब्रान्डले ईभी प्रोजेक्टलाई उच्च प्राथमिकता दिएको छ। कम्पनीले भारतमा २.० प्रोजेक्ट यसअघि नै घोषणा गरेको थियो। चेक अटोमोबाइल ब्रान्ड स्कोडाले भारतमा कम मूल्यको शून्य प्रदूषण कार उत्पादन गरिरहेको जनाएको छ। स्थानीय स्रोधसाधनको अधिकतम प्रयोग गरेको उक्त विद्युतीय कार उत्पादन हुनेछ। 
उत्पादनको प्रक्रियामा रहेको विद्युतीय कारमा केही संवेदनशिल ब्याट्री सेल जर्मनीबाट ल्याए पनि अन्य ब्याट्री प्याक, विद्युतीय मोटर तथा बीएमएस भारतमै उत्पादन गर्ने योजना स्कोडाको छ। 

स्कोडा तथा फक्सवागनले भारतमा बनाइरहेको कम्प्याक्ट विद्युतीय कार २० लाख भारुभन्दा कम मूल्यमा सार्वजनिक गर्ने योजना बनाएको छ। भारतमा विद्युतीय कार बजारमा आगामी दिनमा प्रतिस्पर्धा उल्लेख्य रुपमा बढ्ने छ।

त्यसैले सबै कम्पनीहरु प्रतिस्पर्धी मूल्यमा विद्युतीय कार ल्याउन लागि परेको छन्। यसको प्रत्यक्ष फाइदा उपभोक्तालाई हुनेछ। त्यसैले यसको लाभ सरकारले पनि उठाउने छ। शून्य प्रदूषण सवारीको प्रयोग बढ्दा सरकारलाई पनि प्रदूषणबापत हुने हानी कम गर्न सहयोग पुग्नेछ। 

स्कोडाले नयाँ विद्युतीय कारको मूल्य तथा रेन्ज बारे भने केही उल्लेख गरेको छैन। यद्यपी स्कोडाको नयाँ विद्युतीय कारले कम्तिमा ३ सय किलोमिटर रेन्ज दिने गरि बजारमा आउने अनुमान गरिएको छ। २० लाख भारुभन्दा कम मूल्यमा ल्याउन लागेकाले उक्त विद्युतीय कारमा केही विशेषताहरु भने हुने छैनन्। 

यता स्कोडा फक्सवागनले भारतमा विद्युतीय कार उत्पादनका लागि महिन्द्रसँग साझेदारी गर्ने बारे छलफल भइरहेको जनाएको छ। भारतमा कम मूल्यमा विद्युतीय कार उत्पादनका लागि सहकार्यको विषय सकारात्मक रहेको स्कोडाले बताएको छ। यसबारे ठोक निर्णय हुने भने केही समय लाग्ने कम्पनीको भनाइ छ। 


प्रकाशित : सोमबार, भदौ १८ २०८००४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend