आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजारमा साताको पहिलो कारोबार नै राताम्य, देखिएन वृद्धितर्फ जाने आधार

आइतबार, भदौ १७ २०८०
सेयर बजारमा साताको पहिलो कारोबार नै राताम्य, देखिएन वृद्धितर्फ जाने आधार

काठमाडौं- नेप्से परिसूचक निरन्तर ओरालोतर्फ लागेको छ। बजारमा स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा लगानीकर्ता अघि बढ्न सकेका छैनन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी भएको हो। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन।

सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्। बजार निरन्तर कमजोर बनिरहँदा बीचमा कुनै दिनको अप्रत्याशित वृद्धि त्यसैको उपज भएको उनीहरूको भनाइ छ। 

यो साता पहिलो कारोबारमा नै बजार २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा झरेको छ। जम्मा ८ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब १८ करोड ६६ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ। २१२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। आइतबार थ्री स्टार हाइड्रोपावर लिमिटेडमा सकारात्मक सर्किट लागेको छ। 

गएको साता आइतबार २०.५४ अंकले घटेको सेयर बजार सोमबार स्थिर देखिएको थियो। सोमबार ५.०९ अंकले बढेको बजार मंगलबार पुन: ५.०५ अंकले घटेको थियो। गएको साता अन्तिम कारोबार बुधबार पनि बजार २.८२ अंकले घटेर १९९०.५९ बिन्दुमा झरेको थियो। 


प्रकाशित : आइतबार, भदौ १७ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend