आइतबार, असोज ६ गते २०८१    
images
images

तीन दशकदेखि अलपत्र ‘बीउ घर’ सञ्चालन गर्न किसानको माग

images
आइतबार, भदौ १७ २०८०
images
images
तीन दशकदेखि अलपत्र ‘बीउ घर’ सञ्चालन गर्न किसानको माग

भवन अलपत्र पर्दा कृषकहरुले बीउ प्रशोधन गर्नबाट वञ्चित भएका छन्। उत्पादन गरेका धान, मकै, आलु, तरकारीका बीउ परीक्षण नगरी लगाउने गरेकाले यस क्षेत्रमा उत्पादन कम हुने गरेको किसानले गुनासो गरेका छन्।

images
images

पर्वत- कुश्मा नगरपालिका-९ कटुवाचौपारीमा निर्माण गरिएको यहाँको एकमात्र ‘बीउ घर’ (मिनिसिड हाउस) सञ्चालनका लागि माग स्थानीयले गरेका छन्। बीउ घर विगत तीन दशक अघिदेखि अलपत्र अवस्थामा छ।

images
images
images

किसानले उत्पादन गरेका अन्न तथा तरकारी बाली प्रशोधन र परीक्षण गर्न सञ्चालनमा ल्याइएको बीउ घर सम्बन्धित निकायको बेवास्ताका कारण २०४९ सालदेखि बन्द छ। विसं २०३३ मा बनेको भवन र लाखौँ मूल्यका उपकरण प्रयोगमा आउन नसकेकाले भवन भत्कने र उपकरण कामै नलाग्ने अवस्थामा पुगेको स्थानीय रामशर्मा पौडेलले बताए।

भवनमा रहेका मोइक्सर टेस्टर (बीउको आद्रता नाप्ने यन्त्र), ग्रडिङ प्लेट, ग्रेडिङ जाली, स्केपिङ जाली, मकै छोडाउने भाडा, एभर स्केल, सीड लिनर जस्ता मेसिन बिग्रिसकेका छन्। तरकारी र बीउ प्रवर्द्धन परियोजनाले निर्माण गरेको भवन एक रोपनी सात आना तीन पैसा दुई दाम क्षेत्रफलमा फैलिएको छ।

सो भवन परियोजनाले कृषि सामग्री संस्थानलाई हस्तातरण गरेपनि त्यसको उचित रेखदेख र प्रयोगमा नल्याउँदा अलपत्र बनेको हो। भवन अलपत्र पर्दा कृषकहरुले बीउ प्रशोधन गर्नबाट वञ्चित भएका छन्। किसानले उत्पादन गरेका धान, मकै, आलु, तरकारीका बीउ परीक्षण नगरी लगाउने गरेकाले यस क्षेत्रमा उत्पादन कम हुने गरेको किसानले गुनासो गरेका छन्।

images

कुश्मा नगरपालिकाका कटुवाचौपारी, पिपलटारी, शंकरपोखरी, ठुलीपोखरी, शंकरपोखरीलगायत दुई दर्जनभन्दा बढी वडाका बासिदाले पुनःसञ्चालनका लागि माग गरेका हुन्। 'मिनिसिड हाउसमा मकै, गहुँ‘ लगायतका बाली प्रशोधन गर्ने गरेका थियौँ', कटुवाचौपारी-३ का तोयनाथ पौडेलले भने, 'बीउ प्रशोधन गरी बाली लगाउँदा उत्पादन पनि बढी भएको थियो, अहिले त प्रशोधन नगरी बाली लगाउनाले कम उत्पादन भइरहेको छ।'

सदरमुकाम कुश्माबजार भन्दा बाहिर रहेको भवनलाई आवश्यकता अुनसार प्रयोग गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड पर्वतले जनाएको छ। सरकारले आवश्यक सहयोग गरेमा पुनः सञ्चालन गर्न सकिने वडा अध्यक्ष राम शर्मा लामिछानेको भनाइ छ।

भौतिक सुधार र संरक्षणको अभावमा भवनसमेत जीर्ण बन्दै गएको छ। उक्त भवनबारे नगरपालिकासमेत बेखबर छ। अलपत्र बनेको भवनको विषयमा आवश्यक जाँचबुझ गर्ने वडाध्यक्ष लामिछानेले बताए। रासस


प्रकाशित : आइतबार, भदौ १७ २०८००९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend