शुक्रबार, असोज ४ गते २०८१    
images
images

चाडपर्वमै घट्यो रेमिट्यान्स, शोधानान्तरमा झिनो सुधार 

images
मंगलबार, कात्तिक ३० २०७८
images
images
चाडपर्वमै घट्यो रेमिट्यान्स, शोधानान्तरमा झिनो सुधार 

यो अवधिमा मूल्यवृद्धिदर भने ४.२४ प्रतिशतमा सीमित रहेको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै अघिल्लो वर्षको तुलनामा घट्न थालेको रेमिट्यान्स तेस्रो महिनासम्म पनि रोकिएको छैन। 

images
images
images

चाडपर्वको समयमा बढ्ने गरेपनि असोजमै रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्मको अवधिमा २ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिकएको छ। यो गत वर्षको तुलनामा ७.६ प्रतिशतले न्यून हो। 

साउन र भदौमा रेमिट्यान्स घटेपनि असोजमा दसैँ भएकाले बढ्ने धेरेको अपेक्षा थियो। रेमिट्यान्स बढ्न नसकेपनि अघिल्ला दुई महिनाको तुलनामा ऋणात्मक दरमा भने न्यूनीकरण भएको छ। 

असोजसम्म पुग्दा पनि बढ्दो आयातमा कुनै पनि कमी आएको छ। असोजसम्मको तथ्यांकअनुसार गत वर्षको तुलामा ६३ प्रतिशतले वृद्धि भएको छ। शतप्रतिशतले निर्यात बढेपनि निर्यातको रकम न्यून हुँदा बढ्दो चालु खाता घाटामा खासै सुधार देखिएको छैन। 

images

तीन महिनाको तथ्यांकअनुसार १ खर्ब ५१ अर्ब ७० करोडले चालु खाता घाटामा रहेको छ। गत वर्ष चालु खाता ३३ अर्बले बचतमा थियो। 

शोधानान्तर(नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर) घाटा ७६ अर्बमा सीतित भएको छ। शोधानान्तर भने भदौको तुलनामा झिनो सुधार भएको हो। भदौसम्म ८३ अर्बले शोधानान्तर घाटामा थियो। 

असोजसम्म विदेशी मुद्राको सञ्चिति १३ खर्ब १९ अर्ब ३२ करोड पुगेको छ। यस्तो सञ्चिति असारमा १३ खर्ब ९९ अर्ब थियो। असारयता विदेशी मुद्रा सञ्चिति ५.७ प्रतिशतले घटेको केन्द्रीय बैंकले जानकारी दिएको छ। 

अहिलेको सञ्चितिले ८.६ महिनाको वस्तु तथा ७.८ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने राष्ट्र बैंकको अनुमान छ। तीन महिनामा भएको आयातको तथ्यांकका आधारमा यस्तो अनुमान गरिएको हो। 

अत्यावश्यक वस्तु बाहेक पनि उपभोग्य वस्तुको आयात अनियन्त्रित भएपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरिरहेको छ। भ्रमण सटहीमा कडाइ गरिएपनि वस्तु आयातमा अहिलेसम्म प्रतिबन्ध लागेको छैन। 

यो अवधिमा मूल्यवृद्धिदर भने ४.२४ प्रतिशतमा सीमित रहेको छ। 

तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १.२ प्रतिशतले निक्षेप बढाएका छन् भने ७.८ प्रतिशतले ऋण प्रवाह बढाएका छन्। 

 

 

 

 


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend