आइतबार, असोज ६ गते २०८१    
images
images

जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा सुनिश्चित गरिनेछ : ऊर्जामन्त्री बस्नेत

images
आइतबार, भदौ १७ २०८०
images
images
जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा सुनिश्चित गरिनेछ : ऊर्जामन्त्री बस्नेत

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा विस्तार गरिने बताएका छन्।

images
images

जाजरकोट- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा विस्तार गरिने बताएका छन्। आज सदरमुकाम खलंगामा भएको पत्रकार भेटघाटका क्रम हालसम्म ८५ प्रतिशत जनसंख्यामा खानेपानीको सुविधा पुगेको भन्दै बाँकी १५ प्रतिशतमा कार्ययोजना बनाएर पहुँच स्थापित गर्ने जानकारी दिए।

images
images
images

मन्त्री बस्नेतले एक वर्षभित्र जिल्लाका सबै ठाउँमा सञ्चार सेवा विस्तार गरिने बताउँदै हालसम्म २८ वटामध्ये २१ टावर सञ्चालनमा रहेको र सातवटा टावर मर्मत भइरहेको बताए। उनले केही टावर थप गरी सञ्चार सेवा सबै क्षेत्रमा सुनिश्चित गरिने प्रतिबद्धता जनाए।

जिल्लाका कच्ची सडक स्तरोन्नति भइरहेको उनको भनाइ छ। साथै जिल्लाका अस्पतालमा डाक्टरको संख्या कम भएको भन्दै उक्त समस्या हल गर्न आफू लागिपरेको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, भदौ १७ २०८००७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend