शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

दुई सातादेखि पहिरोले अवरुद्ध लुम्रे-सिदिङ सडक अझै खुलेन

images
आइतबार, भदौ १७ २०८०
images
images
दुई सातादेखि पहिरोले अवरुद्ध लुम्रे-सिदिङ सडक अझै खुलेन
फाइल तस्बिर।

लुम्रे-सिदिङ सडकखण्डको घलेलस्थित केसवाङको घुम्ती र नागीमा पहिरो खसेको हो। ठूला ढुंगासहित माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा बन्द हुँदा स्थानीयवासीलाई समस्या भएको छ।

images
images

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई पोखरालाई जोड्ने मुख्य सडक मनिलाल मार्गअन्तर्गतको लुम्रे-सिदिङ सडकखण्डको पहिरो पन्छाउन ढिलाइ हुँदा स्थानीयवासी समस्यामा परेका छन्।

images
images
images

मर्दी हिमाल पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा रहेको सिदिङ जाने सडक यही भदौ ६ गतेको पहिरोले बन्द हुँदा स्थानीयसहित पर्यटकले समेत सास्ती व्यर्होनुपरेको हो। पहिरोले माछापुच्छ्रे गाउँपालिका-८ र ९ दुई वडाका नागरिक प्रभावित बनेका हुन्। यी दुई वडा यहाँका पर्यटकीय क्षेत्रसमेत हुन्।

images

लुम्रे-सिदिङ सडकखण्डको घलेलस्थित केसवाङको घुम्ती र नागीमा पहिरो खसेको हो। ठूला ढुंगासहित माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा बन्द भएको छ। माछापुच्छ्रे-९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जेसीबी लगाएर पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिए पनि सफल नभएको बताए। सो पहिरो पन्छाउन ठूलो चेनवाला मेसिन चाहिने भएको र गाउँमा उपलब्ध नभएकाले बाटो खुलाउन समय लागेको बताए।

images
images
images

'ठूला-ठूला ढुंगा खसेर सडक अहिले पूरै बन्द छ। खुलाउने प्रयास गरेका थियौँ तर जेसीबीबाट पन्छाउन सम्भव भएन। पोखराबाट ठूलो मेसिन लिएर गएर सडक खुलाउनुको विकल्प छैन', उनले भने।

सडकको पहिरोमात्र पन्छाउनका लागि गाउँपालिकाले ७५ हजार रूपैयाँ लागत अनुमान गरेको छ। तर गाउँमा ठूलो मेसिन उपलब्ध नहुँदा बजारबाट लैजानुपर्ने बाध्यता रहेकाले लागत बढ्ने अनुमान गरिएको छ।

'पोखराबाट ठूलो मेसिन गाडीमा राखेर ल्याउन/लैजानमात्र भाडा एक लाख हाराहारी लाग्छ। लागत अनुमानमा त्यो रकम समावेश छैन। त्यसैले बजेट अभावमा समेत पहिरो पन्छाउन ढिलाइ भएको हो', वडाध्यक्ष क्षेत्रीले भने।

पहिरोले घलेल, कालिमाटी र सिदिङका स्थानीयवासी प्रत्यक्ष प्रभावित बनेका छन्। स्थानीयवासीसहित मर्दी पदयात्रामा जाने केही पर्यटकले समेत बाटोका कारण दुःख पाएको बताइन्छ। वडाध्यक्ष क्षेत्रीले पदयात्रा पर्यटनको अहिले ‘अफसिजन’ रहेकाले पर्यटक आगमन न्यून रहेको बताए। पर्यटकलाई दुःख नहोस् भनेर सैँतीघट्ट हुँदै जाने/आउने व्यवस्था गरिएको र सोहीअनुसार सूचना गरिएको उनले जानकारी दिए।

सो स्थानमा यसअघि पनि पहिरोले दुःख दिने गरेको थियो। आर्थिक वर्ष २०७८/७९ मा १० लाख रूपैयाँ लागतमा पहिरो नियन्त्रणको काम गरिए पनि यस वर्षको पहिरोले क्षति पुर्याएको बताइन्छ। रासस


प्रकाशित : आइतबार, भदौ १७ २०८००६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend