आइतबार, असोज ६ गते २०८१    
images
images

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न विद्युत प्राधिकरणको १५ दिने अल्टिमेटम 

images
आइतबार, भदौ १७ २०८०
images
images
डेडिकेटेड र ट्रंक  लाइनको बक्यौता तिर्न विद्युत प्राधिकरणको १५ दिने अल्टिमेटम 

विवाद समाधान नहुँदा महसुल, ब्याज र जरिवाना रकम पनि बढ्दै गएको छ।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइन मार्फत विद्युत आपूर्ति सेवा लिएको तर महसुसल बक्यौता रहेका उपभोक्तालाई १५ दिनभित्र शुल्क बुझाउन ताकेता गरेको छ। 

images
images
images

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै  विगतमा डेडिकेटेड तथा ट्रङ्क लाइन मार्फत विद्युत सप्लाई लिई सो बापतको विद्युत महसुल भुक्तानी गर्न बाँकी भएका उपभोक्ताहरूलाई १५ दिनभित्र बुझाउन निर्देशन दिएको हो। 

सम्बन्धित वितरण केन्द्रहरूबाट बक्यौता महसुल बुझाउन पटक/पटक पत्राचार गरिएकोमा हालसम्म पनि बक्यौता महसुल नबुझाएकाले १५ दिने समयसीमासहित सार्वजनिक सूचना जारी गरिएको प्राधिकरणले जानकारी दिएको छ। 

१५ दिनभित्र शुल्क नबुझाए कारबाही हुने प्राधिकरणले चेतावनी दिएको छ। 

images

नेपालमा १ जेठ ०७५ देखि पूर्ण रूपमा लोडसेडिङ अन्त्यको घोषणा गरिए पनि त्यसको ९ महिनापछिसम्मको पनि बिलिङ भएपछि उद्योगी व्यवसायीले तिर्न नपर्ने बताउँदै आएका छन्। 

विवाद समाधान नहुँदा महसुल, ब्याज र जरिवाना रकम पनि बढ्दै गएको छ।


प्रकाशित : आइतबार, भदौ १७ २०८००३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend