आइतबार, असोज ६ गते २०८१    
images
images

जनताको हित हुनेगरी एमसीसी र बीआरआईबाट लाभ लिनुपर्छ : सभामुख घिमिरे

images
शनिबार, भदौ १६ २०८०
images
images
जनताको हित हुनेगरी एमसीसी र बीआरआईबाट लाभ लिनुपर्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले छिमेकी राष्ट्रहरुले गर्ने सहयोगलाई आफ्नो मुलुकले राष्ट्र हित हुने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए।

images
images

काठमाडौं- सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईलाई मुलुकले आफ्नो हित हुने गरी लाभ लिनुपर्ने बताएका छन्।

images
images
images

‘फाउण्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज’ले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा उनले ठूला राष्ट्रको प्रभावलाई सन्तुलनमा राख्दै यसबाट प्रतिस्पर्धात्मक लाभ लिनुपर्ने बताए।

सभामुख घिमिरेले छिमेकी राष्ट्रहरुले गर्ने सहयोगलाई आफ्नो मुलुकले राष्ट्र हित हुने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए। अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यक्रमलाई सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यसबाट फाइदा कसरी लिन सकिन्छ त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

'ठुला राष्ट्रहरुको प्रभावलाई सन्तुलनमा राख्दै आउने अवसरलाई मुलुकको आर्थिक विकाश र जनताको अत्मनिर्भर बन्ने बाटोमा लगाउनुपर्छ', सभामुख घिमिरेले भने। 

images

नेपालले यी दुवै कार्यक्रमबाट नेपाली जनताको हितमा कसरी जाने? राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै दुवै मुलुकबाट फाइदा कसरी लिन सकिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बेला आएको सभामुख घिमिरेले बताए। रासस


प्रकाशित : शनिबार, भदौ १६ २०८०११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend