आइतबार, असोज ६ गते २०८१    
images
images

मण्डनदेउपुरमा लघुउद्यमका ८० नयाँ उद्यमी

images
शनिबार, भदौ १६ २०८०
images
images
मण्डनदेउपुरमा लघुउद्यमका ८० नयाँ उद्यमी

नगरपालिकाले सिलाइकटाइ तालिममा सहभागी दुई जनाका लागि एक थानका दरले १८ मेसिन प्रदान गरेको छ। यस्तै चार थान गलैँचा बुन्ने मेसिन र एक सय लिटर क्षमताका १८ पानी ट्यांकीसमेत वितरण गरिएको छ।

images
images

काभ्रेपलाञ्चोक- मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लघुउद्यमका लागि ८० नयाँ उद्यमी जनशक्ति तयार पारेको छ।

images
images
images

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो। कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्यूटीसियन र मोटरसाइकल वर्कशपको एक/एक महिना तालिम प्रदान गरेको थियो। त्यसैगरी बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच/पाँच दिनको तालिम सञ्चालन गरिएको थियो।

४० महिलाका लागि ‘एड्भान्स’ सिलाइकटाइ तालिमसमेत प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक एवं लघुउद्यम विकास कार्यक्रमका स्रोत व्यक्ति सुरज पौडेलले जानकारी दिए। गत आर्थिक वर्ष २०७९/८० मा उक्त कार्यक्रम नगरपालिकाका वडा नं ४, ५, ८ र १० मा सञ्चालन गरिएको थियो।

नगरपालिकाका चार वडामा नयाँ सिर्जित उद्यमीलाई नगरप्रमुख टोकबहादुर वाइबा र उपप्रमुख विष्णुमणि नेपालले वडास्तरमै प्रमाणपत्र र प्रविधि हस्तान्तरण गरेका छन्। 'सीपमूलक तालिमप्राप्त स्थानीयले व्यवहारमा उतार्न प्रतिबद्धता जनाउनुभएको छ, नगरपालिकामा नयाँ उद्यमी थपिएकोमा खुसी छौँ', वाइबाले भने।

images

उनले एक महिनाको सिलाइकटाइ तालिम पूरा गरेकालाई थप दुई महिनाको ‘एड्भान्स’ तालिम दिने तयारी भएको बताए। सिलाइकटाइ, गलैँचा बुनाइ र ब्यूटिसियन तालिममा महिला मात्र सहभागी थिए। नगरपालिकाले एड्भान्स तालिमको व्यवस्थापन गर्नेछ भने मेसिन खरिदमा साझेदारी गर्ने जनाएको छ। यस्तै नगरले अब लघुउद्यम कार्यक्रमार्फत समाजमा पछि परेका वर्ग र समुदायलाई पहिलो प्राथमिकताका दिइने जनाएको छ।

यसैगरी नगरपालिकाले सिलाइकटाइ तालिममा सहभागी दुई जनाका लागि एक थानका दरले १८ मेसिन प्रदान गरेको छ। यस्तै चार थान गलैँचा बुन्ने मेसिन र एक सय लिटर क्षमताका १८ पानी ट्यांकीसमेत वितरण गरिएको छ। रासस


प्रकाशित : शनिबार, भदौ १६ २०८००८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend