शुक्रबार, जेठ ४ गते २०८१    
images
images

कमला-कञ्चनपुर सडक : १५ अर्ब ६६ करोड लागत, ठेक्काको म्याद २ महिना बाँकी, भौतिक प्रगति ३०.७८ प्रतिशतमात्रै

images
शनिबार, भदौ १६ २०८०
images
images
कमला-कञ्चनपुर सडक : १५ अर्ब ६६ करोड लागत, ठेक्काको म्याद २ महिना बाँकी, भौतिक प्रगति ३०.७८ प्रतिशतमात्रै

चालु आर्थिक वर्ष २०८०/८१ मा कमला कञ्चनपुर सडक आयोाजना पूर्वी खण्डका लागि ४ अर्ब ३४ करोड १५ लाख ३९ हजार रुपैयाँ र पश्चिम खण्डका लागि ३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

images
images

काठमाडौं- सरकारले राजमार्ग विस्तार तथा स्तरोन्नती गर्ने नीनिअनुसार दातृ निकायको सहयोगमा विभिन्न सडक आयोजनाको काम अघि बढाएको छ। यही योजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी)को सहयोगमा पूर्वपश्चिम राजमार्गको कमला-कञ्चनपुर खण्डको स्तरोन्नती सुरु गरेको हो। 

images
images
images

एडीबीको ऋण सहयोगमा सासेक राजमार्ग सुधार आयोजना (एसएचआईपी) अन्तर्गत ८६.८३ किलोमिटर सडकको स्तरोन्नती भइरहेको छ। कमला-कञ्चनपुर सडकअन्तर्गत मधेश प्रदेशको सप्तरी र सिराहमा ८६.८३ किलोमिटर सडकको पुनस्र्थावना र स्तरोन्नती भइउरहेको छ। 

images

यस सडक आयोजना अन्तर्गत निर्माण स्तरोन्नती हुने खण्डको सुरु बिन्दु सप्तरीको कञ्जनपुर र अन्तिम बिन्दु सप्तरीको कुशाहार रहेको छ। यो खण्डको लम्बाई ३९.४२ किलोमिटर र पश्चिम खण्ड सप्तरीको कुशाहा र सिरहाको कमला नदीसम्म रहेको र यसको लम्बाई ४७.४१ किलोमिटर रहेको छ। 

images
images

पूर्वी नेपालको कम विकसित क्षेत्रहरुमा व्यापार करिडोर विस्तारमा यो सडक विस्तारले ठूलो सहयोग पुग्ने विश्वस सरकारको छ। साथै देश भित्र र छिमेकी देशसँगको सातायात सम्पर्कमा समेत वृद्धि हुनेछ। सडक यातायात प्रणालीमा सुधार गर्न यो योजनाले महत्वपूर्ण हुने लक्ष्यसहित सरकारले कार्यक्रम अघि बढाएको हो। 

images
images

कमला-कञ्चनपुर सडक खण्ड विस्तारका लागि २०२० अक्टोबर २९ मा सम्झौता भएको थियो। सम्झौताअनुसार आयोजनाको काम २०२३ अक्टोबर २८ मा सकिनु पर्छ। सम्झौता अवधि सकिन अब दुई महिनामात्र बाँकी छ। तर आर्थिक वर्ष २०७९/८० सम्ममा आयोजनाको भौतिक प्रगति ३०.७८ प्रतिशतमात्र भएको छ भने वित्तीय प्रगति १८.८९ प्रतिशत भएको सडक विभागले जनाएको छ। 

दुई वटा खण्डमा निर्माण भइरहेको यो आयोजनाको लागत १५ अर्ब ६६ करोड ४४ हजार ९ सय ८३ रुपैयाँ (भ्याट र पीससमेत)रहेको छ। यो आयोाजनामा ८६.८३ किलोमिरट सडक कालोपत्रे गर्ने, २ सय २९ वटा कल्भर्ट र ५४ वटा मुख्य पुल निर्माण गर्नुपर्ने छ। 

आर्थिक वर्ष २०७९/८० मा आयोजनाले ३२ किलोमिटर कालोपत्रे र ३१ वटा मुख्य पुल निर्माण गर्ने लक्ष्य लिएको थियो। तर आव सकिँदा ८७ वटा कल्भर्थ निर्माण सम्पन्न भ एभने ४२ वटा मुख्य पुल निर्माणधीन, कालोपत्रेका लागि २६.५ किलोमिटरमा सबबेस, ६.५ किलोमिटरमा बेस निर्माण मात्र सकिएको सड विभागले सार्वजनिक गरेको गत आवको वार्षिक प्रगति विवरणमा उल्लेख छ। 

आव २०७९/८० मा यो आयोजनका लागि ७ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा २ अर्ब ६७ करोड रुपैयाँमात्र खर्च भएको थियो। अर्थात आयोजनाको वार्षिक भौतिक प्रगति ३२.५४ प्रतिशत र वित्तीय प्रगति २६.७० प्रतिशतमात्र भएको छ। 

चालु आर्थिक वर्ष २०८०/८१ मा कमला कञ्चनपुर सडक आयोाजना पूर्वी खण्डका लागि ४ अर्ब ३४ करोड १५ लाख ३९ हजार रुपैयाँ र पश्चिम खण्डका लागि ३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। 

चालु आवमा ८६.८३ किलोमिटर सडक कालोपत्रे गर्ने, २५ वटा कल्भर्ट निर्माण गर्ने र ५४ वटा मुख्य पुल बनाइसक्ने लक्ष्य रहेको छ। आयोजना कार्यान्वयनमा समस्या देखिएकाले लक्ष्यअनुसार काम हुन नसकेको आयोजनाको भनाइ छ। 

निर्माण व्यवसायीले समयमा पर्याप्त उपकरणलगायत परिचालनमा ढिलाई गर्दा आयोजनाको काम समयमा हुन नसकेको सडक विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ। समयका काम सक्नका लागि निर्माण व्यवासयीको स्रोत तथा साधनको परिचालनमा ढिलाइ तथा कमजोर व्यवस्थापनका सम्बन्धमा पटक पटक मौखिक तथा लिखित आदेश गरिएको आयोजनाले जनाएको छ। 

आयोजनाको म्याद सकिन दुई महिनामात्र भएकाले आयोजनाको म्याद थप हुने निश्चित छ। यो आयोजनाको म्याद एक वर्ष थप हुनसक्छ। यो आयोजना सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी)बाट सञ्चालित छ। 


प्रकाशित : शनिबार, भदौ १६ २०८००३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend