बुधबार, वैशाख ३ गते २०८२     ८ : ४९ : ०२
बुधबार, वैशाख ३ २०८२
images
images

जीडब्लूएमको विद्युतीय कार ओरा ०३ को डेलिभरी सुरु

images
शुक्रबार, भदौ १५ २०८०
images
जीडब्लूएमको विद्युतीय कार ओरा ०३ को डेलिभरी सुरु

ओरा ०३ मा ४८ केडब्लूएचको ब्याट्री प्याक रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिन्छ। यो रेन्ज एनईडीसीले प्रमाणित गरेको हो।

images
images

काठमाडौं- नेपालका लागि जीडब्लूएमका सवारीसाधनको आधिकारिक बिक्रेता भीजी ईम्पेक्स प्रालिले आफ्नो बहुप्रतिक्षित विद्युतीय क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ। जीडब्लूएमले ओरा ०३ को लागि भएको जेठ ३ देखि बुकिङ खुला गरेको थियो। 

images
images
images

बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो-मोर्डनिस्टिक विद्युतीय कारका लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ। प्रिमियम लेथरेट सिट पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जरजस्ता आधुनिक सुविधाहरूसहितको यसको टाइमलेस एक्सटेरियर र आकर्षक इन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन्। 

images
images

ओरा ०३ मा ४८ केडब्लूएचको ब्याट्री प्याक रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिन्छ। यो रेन्ज एनईडीसीले प्रमाणित गरेको हो। ओरा ०३ एनएनसीएपी र युरोएनक्याप दुवैमा फाइभ-स्टार रेटिङ प्राप्त गरेको छ। जसले हरेक यात्रामा आत्मविश्वास जगाउँछ र यो सुरक्षा प्रमाणित विद्युतीय कार नेपाली बजारमा अन्य मोडल छैनन्।

images
images

ओरा ०३ मा सिक्स ओमनिडायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी-लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टमजस्ता सुरक्षा विशेषतहरु उपलब्ध छन्। 

भीजी इम्पेक्स प्रालि नेपालमा जीडब्लूएम सवारी साधनको आधिकारिक आयातकर्ता र वितरक हो। जीडब्लूएम नेपालले हाभल एच६, हाभल जोलायन, पावर, र विंगल५ जस्ता विश्वव्यापी रूपमा लोकप्रिय मोडलहरू मार्फत नेपालमा आफ्नो उपस्थिति दृढताका साथ स्थापित गर्न सक्षम भएको छ।

हल कम्पनीले अल न्यू विद्युतीय क्रसओभर ओरा ०३ सार्वजनिक गर्दै जीडब्लूएम नेपालले बजार विस्तार गरिरहेको छ। देशको नेक्स्ट-जेन अटोमोटिभ नवाचारलाई मूर्त रूपमा प्रोत्साहन गर्ने वाचाको साथमा जीडब्लूएम नेपालले देशभरि नै फ्युचरिस्टक मोडलहरू र प्रिमियम प्रस्तावहरू थपेर बिक्री र बिक्रीपछिको सेवालाई निरन्तर स्तरोन्नति गर्न प्रतिबद्ध रहेको छ। जीडब्लूएम नेपालले सधै उपभोक्तालाई नयाँ र विस्तृत सेवाहरू प्रदान गर्दै नेपालको अटोमोटिभ इकोसिस्टमलाई अगाडि बढाउने कुरामा ध्यान केन्द्रित गरेको उल्लेख गरेको छ। 


प्रकाशित : शुक्रबार, भदौ १५ २०८०१३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend