शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सवारी उद्योगलाई विद्युतीयतर्फ लान अमेरिकाले १२ अर्ब डलर अनुदान र ऋण दिने

images
शुक्रबार, भदौ १५ २०८०
images
images
सवारी उद्योगलाई विद्युतीयतर्फ लान अमेरिकाले १२ अर्ब डलर अनुदान र ऋण दिने

उक्त रकम लगानी गरेर सवारी उत्पादकले आफ्नो भइरहेको प्लान्टलाई विद्युतीय सवारी उत्पादन प्लान्टका रुपमा रुपान्तरण गर्न सक्ने छन्।

images
images

काठमाडौं- अमेरिकी सरकारले विद्युतीय सवारी उत्पादनलाई प्रोत्साहन दिन ठूलो रकम दिने भएको छ। बिहीबार अमेरिकी ऊर्जा विभागले सवारी उद्योगलाई विद्युतीकरण गर्न ठूलो धनराशि अनुदान र ऋणका रुपमा उपब्ध गराउने बताएको हो। 

images
images

संक्रमणकालीन अवस्थामा रहेको विद्युतीय सवारी उद्योगलाई सहयोग होस् भनेर अमेरिकी ऊर्जा विभागले १२ अर्ब अमेरिकी डलर अनुदान र ऋणका रुपमा दिने बताएको हो। अमेरिकी राष्ट्रपति जो वाइडेन पनि विद्युतीय सवारी प्रबर्द्धन गर्नेे पक्षमा रहेका छन्। 

images
images

अमेरिकी ऊर्जा विभागले सवारी उद्योगलाई विद्युतीकरण गर्न २ अर्ब डलर अनुदान र १० अर्ब डलर ऋण दिने बताएको छ। यो रकम अमेरिकी सवारी उत्पादन कम्पनी तथा सप्लायर्सहरूले पाउने छन्। यो रकम सवारी उत्पादकहरूले विद्युतीय र हाइब्रिड सवारी उत्पादनका लागिमात्र खर्च गर्न पाउने छन्। 

images
images

उक्त रकम लगानी गरेर सवारी उत्पादकले आफ्नो भइरहेको प्लान्टलाई विद्युतीय सवारी उत्पादन प्लान्टका रुपमा रुपान्तरण गर्न सक्ने छन्। यसबाट अमेरिकाको अन्तरिक बजारमा विद्युतीय सवारीको सप्लाइ चेन बढ्ने विश्वास सरकारको छ। 

अमेरिकी राट्रपतिमा निवार्चित भएसँगै वाइडेनले विद्युतीय सवारी बारे चासो दिँदै आएका थिए। सोही अनुसार वाइडेन प्रशासनले गत वर्ष विद्युतीय सवारी सम्बन्धि वृहत नीति ल्याएको थियो। उक्त नीतिमा २०३२ देखि अमेरिकामा बिक्री हुने कुल नयाँ सवारीमध्ये दुई तिहाइ विद्युतीय सवारी हुने उल्लेख छ। 

सोही नीतिले नै अमेरिकी सरकारले २०५० मा कार्बन शून्य हुने योजना अघि सारेको छ। त्यस्तै अमेरिकी ऊर्जा विभागले थप ३ अर्ब ५० करोड डलर लगानी गर्ने बताएको छ। यो रकम अत्याधुनिक ब्याट्री तथा ब्याट्रीजन्य वस्तुको उत्पादनमा खर्च गर्ने ऊर्जा विभागले जनाएको सीएनएनले लेखेको छ। अमेरिकी सवारी उत्पादकहरू फोर्ड, जीएमलगायतले पनि विद्युतीय सवारी उत्पादनमा ठूलो लगानी गरिरहेका छन्।

संसारको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक टेस्ला अमेरिकी कम्पनी हो। उसले पनि विद्युतीय सवारी उत्पादनलाई अमेरिकासहित अन्य देशमा व्यापक रुपमा विस्तार गर्दैछ। साथै अन्य सवारी उत्पादक कम्पनीहरूले समेत अमेरिकामा विद्युतीय सवारी उत्पादन तथा ब्याट्री उत्पादनका लागि ठूलो लगानी गरिरहेका छन्। 


प्रकाशित : शुक्रबार, भदौ १५ २०८००७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend