आइतबार, असोज ६ गते २०८१    
images
images

सुन तस्करी प्रकरण : सीआईबीको टोली अनुसन्धानका लागि हङकङसँगै भारतमा पनि

images
शुक्रबार, भदौ १५ २०८०
images
images
सुन तस्करी प्रकरण : सीआईबीको टोली अनुसन्धानका लागि हङकङसँगै भारतमा पनि

सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा भारतीय र चिनियाँसहितका ६ जना विदेशी छन्।

images
images

काठमाडौं- हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा तस्करीका विषयमा सूचना संकलन गर्न नेपाल प्रहरीले सीआईबीका एक अधिकृतसहितको टोली बिहीबार भारत गएका छन्। 

images
images
images

बुधबार सोही प्रकरणको थप सूचना संकलनका लागि सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले बिहीबार भारतमा पनि टोली पठाएको हो। 

अहिले भारत गएको टोलीले भारतको नेपाली राजदूतावासमा रहनुभएका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँग समन्वय गरेर त्यहाँबाट सूचना संकलन गर्नेछ। नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आवश्यकताअनुसार प्रहरी टोली परिचालन गरी नेपाल, भारत र हङकङबाट आवश्यक सूचनाहरू संकलन गरिरहेको बताए। यसअघि प्रहरीले हङकङ र भारतको इन्टरपोललाई सहयोग गर्न पत्राचार गरिसकेको छ। 

हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ। केही कर्मचारीहरू पक्राउ पनि परिसकेका छन्। 

images

यस्तै नेपाली, चिनियाँ र भारतीय नागरिक पनि पक्राउ परेका छन्। हङकङबाट ल्याइएको सुन भारत लैजाने तयारी गरिएको सूचना प्रहरीले प्राप्त गरेपछि हङकङ र भारतका सुन तस्करीबारे सूचना लिन प्रहरी दुवै क्षेत्रमा सूचना लिन खटाइएको हो। 

सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा भारतीय र चिनियाँसहितका ६ जना विदेशी छन्। सीआईबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ। 


प्रकाशित : शुक्रबार, भदौ १५ २०८००४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend