आइतबार, असोज ६ गते २०८१    
images
images

तातोपानी नाका स्थानीयको आवतजावतका लागि पनि खुला, व्यापार सहज हुने विश्वास

images
शुक्रबार, भदौ १५ २०८०
images
images
तातोपानी नाका स्थानीयको आवतजावतका लागि पनि खुला, व्यापार सहज हुने विश्वास

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाने तयारीमा लागिरहँदा चीनसँगको उत्तरी सीमानाका तातोपानी भोलि शुक्रबारदेखि खुला भएको छ। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि स्थानीयको आवतजावतका लागि पनि खुला भएको हो।

images
images
images

गएको मं‌गलबार तिब्बतको ल्हासामा चिनियाँ र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको र सोहीअनुसार खुला भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिएका छन्। 

आज शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्।  सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरूले भव्य स्वागत गरेका थिए।

नाका  खुलाउन नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद सापकोटा बिहानै तातोपानी नाका पुगेका थिए। तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा  पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए।

images

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो। प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए। उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्। 

२०७२ को भूकम्पपछि तातोपानी नाका चार वर्ष पूर्ण रूपमा नै बन्द भएको थियो। नाका २०७६ जेठ १६ मा पुनः सञ्चालनमा आयो तर एकतर्फी मात्रै खुलेको थियो। मानव आवतजावत र निर्यातका लागि खुलेको थिएन। गएको बैशाख १८ गतेदेखि तातोपानी नाका आयात र निर्यात हुने गरी दुईतर्फी रूपमा सञ्चालनमा आएकोमा अहिले सिन्धुपाल्चोकका बासिन्दाका लागिसमेत खुलेको हो। जसले व्यापार व्यवसायका साथै स्थानीयको दैनिकी सहज हुने विश्वास गरिएको छ। 

शुक्रबारदेखि सिन्धुपाल्चोकका बासिन्दाले चीन प्रवेश पाएका छन्। अन्य नेपाली नागरिकका लागि क्रमशः खुला गरिने चिनियाँ प्रतिबद्धता रहेको छ। जसमा बिहीबारसम्म सिन्धुपाल्चोकका बासिन्दाका लागि २ सय ३ वटा पास वितरण भएको छ।

भ्रमणको औपचारिक मिति घोषणा नभए पनि प्रधानमन्त्री दाहाल असोज पहिलो साता चीन जानेगरी आर्थिक र पूर्वाधार निर्माणका विषयमा केन्द्रित हुने बताइएको छ। अहिले उनको भ्रमणअघि स्थानीयको आवतजावतका लागिसमेत तातोपानी सीमानाका खुला गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 


प्रकाशित : शुक्रबार, भदौ १५ २०८००३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend