आइतबार, असोज ६ गते २०८१    
images
images

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय ३५ रूपैयाँले बढ्दा डिजेल र पेट्रोलमा पनि वृद्धि

images
बिहीबार , भदौ १४ २०८०
images
images
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय ३५ रूपैयाँले बढ्दा डिजेल र पेट्रोलमा पनि वृद्धि
images
images

काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित डिजेल तथा पेट्रोलको मूल्य बढाएकाे छ।

images
images
images

निगमले शुक्रबारदेखि लागु हुनेगर‌ी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय ३५ रुपैयाँले मूल्य वृद्धि गरेको हाे। 

मूल्य वृद्धि भएसँगै ग्यास प्रतिसिलिण्डर १ हजार ८ सय ९५ रुपैयाँ कायम भएकाे छ। एक महिना अगाडि निगमले ग्यासमा प्रतिसिलिण्डर १ सय ३० रूपैयाँ मूल्य घटाएकाे थियो।

त्यसैगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएकाे हो।

images

मूल्य वृद्धिसँगै अब पेट्रोल काठमाडौंमा प्रतिलिटर १ सय ८२ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ७० रूपैसाँ पुगेको छ। यसअघि पेट्रोल प्रतिलिटर १ सय ७८ रूपैसाँ र डिजेल/मट्टितेल १ सय ६७ रुपैयाँ थियो।

वृद्धि भएको मूल्य आज मध्यरातिदेखि नै लागु हुने निगमले जनाएको छ।


प्रकाशित : बिहीबार , भदौ १४ २०८०१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend