आइतबार, असोज ६ गते २०८१    
images
images

प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहँदा तातोपानी नाका स्थानीयको आवतजावतका लागि खुला

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ १४ २०८०
images
images
प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहँदा तातोपानी नाका स्थानीयको आवतजावतका लागि खुला

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो।

images
images

सिन्धुपाल्चोक- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाने तयारीमा लागिरहँदा चीनसँगको उत्तरी सीमानाका तातोपानी भोलि शुक्रबारदेखि खुल्ने भएको छ। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि स्थानीयको आवतजावतका लागि पनि खुला हुने भएको हो।

images
images
images

गएको मं‌गलबार तिब्बतको ल्हासामा चिनियाँ र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिएका छन्। 'त्यसका लागि नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ', उनले भने।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो। प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए। उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्। 

भ्रमणको औपचारिक मिति घोषणा नभए पनि प्रधानमन्त्री दाहाल असोज पहिलो साता चीन जानेगरी आर्थिक र पूर्वाधार निर्माणका विषयमा केन्द्रित हुने बताइएको छ। अहिले उनको भ्रमणअघि स्थानीयको आवतजावतका लागिसमेत तातोपानी सीमानाका खुला गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

images


प्रकाशित : बिहीबार , भदौ १४ २०८०१३:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend