शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

भरतपुर महानगरभित्रका खेतीयोग्य जमिनमा उच्च अम्लीयपना

images
बिहीबार , भदौ १४ २०८०
images
images
भरतपुर महानगरभित्रका खेतीयोग्य जमिनमा उच्च अम्लीयपना

भरतपुर महानगरभित्र १५ हजार ७५ हेक्टर क्षेत्रफल कृषियोग्य रहेको छ।

images
images

नारायणगढ- भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लीयपना पाइएको छ।

images
images
images

महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा अम्लीयपनाको मात्रा उच्च देखिएको हो। महानगरको वडा नम्बर १,४,५,६,१३,१४,१५,२४,२५,२६,२७ लगायतका वडाको माटो परीक्षणका क्रममा अम्लीयपना उच्च देखिएको कार्यालयका अधिकृत अञ्जली श्रेष्ठले जानकारी दिइन्।

images

उनका अनुसार पाँच सय ४६ नमुना परीक्षणका क्रममा यहाँको मोटोमा अम्लीयपना भेटिएको हो। महानगरको खेतीयोग्य जमिनमा अम्लीयपना देखिएसँगै कृषि चुनको प्रयोगका लागि किसानलाई अनुरोध गरिएको उनले बताइन्। 'कृषि चुन प्रयोग गर्ने किसानका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेका छौँ', उनले भनिन्।

images
images
images

उनका अनुसार माटोमा भएका अम्लीयपना ६ दशमलव ५ प्रतिशतबाट तल झर्दै आएमा अम्लीयपना बढी भएको मानिन्छ। महानगरको माटोमा ५ र ५ दशमलब ५ प्रतिशत रहेको उनले बताइन्।

अम्लीयपना देखिएको माटोमा बिरुवाको वृद्धिविकास कम हुने, उत्पादन घट्ने, बिरुवाले सजिलै खाध्यत्व पाउन नसक्ने हुँदा कृषि क्षेत्रमा समस्या आउने उनले बताइन्। उनले भनिन्, 'अम्लीयपना भएको माटोमा जति मल हाले पनि काम गर्दैन।'

रासायनिक मल र विषादीको बढी मात्रामा प्रयोगका कारण उत्पादन घट्ने र माटोमा क्याल्सियम, चुन र म्याग्नेसियम कम हुँदा माटोमा अम्लीयपना बढ्ने गर्दछ। भरतपुर महानगरपालिका ४३ हजार २५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। जसमा १५ हजार ७५ हेक्टर क्षेत्रफल कृषि योग्य रहेको छ। यहाँ विभिन्न प्रकारका कृषि कर्म हुँदै आएका छन्। यसमा महानगरले विभिन्न कृषि पकेट क्षेत्र समेत बनाएर काम गर्दै आएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ १४ २०८०११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend