आइतबार, असोज ६ गते २०८१    
images
images

मनसुन अवधिमा बाढीपहिरो र चट्याङबाट ७३ जनाको मृत्य, अर्बौँको क्षति

images
बिहीबार , भदौ १४ २०८०
images
images
मनसुन अवधिमा बाढीपहिरो र चट्याङबाट ७३ जनाको मृत्य, अर्बौँको क्षति

मुलुकका विभिन्न स्थानमा चार मोटरेवल पुल र २२ झोलुंगे पुल बगाउँदा करिब ४१ करोड रूपैयाँको क्षति हुन पुगेको छ।

images
images

काठमाडौं- मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ। मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन्।

images
images
images

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए।

उक्त विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए। यस्तै पहिरोमा परी ३८ जनाको मृत्यु, ४० घाइते र नौ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले बताए भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ घाइते भए।

यस वर्षको बाढी पहिरोबाट ३२६ दशमलव ८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ दशमलव ७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। त्यसबाट झन्डै आठ अर्ब ५० करोडको क्षति पुगेको अनुमान गरिएको छ।

images

मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा ४० करोड रूपैयाँ बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्यांक छ। मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट १५ अर्ब रूपैयाँभन्दा बढी भौतिक पूर्वाधारलगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताए।

मुलुकका विभिन्न स्थानमा चार मोटरेवल पुल र २२ झोलुंगे पुल बगाउँदा करिब ४१ करोड रूपैयाँको क्षति हुन पुगेको छ। बाढीपहिरोका घटनाबाट २८ खानेपानी आयोजनामा क्षति हुँदा नौ करोड रूपैयाँ बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ। क्षति पुगेका ती पूर्वाधार तत्काल पुनःस्थापना गर्न १० अर्ब ५५ करोड रूपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताए।

यस अवधिमा चट्याङ लागेर ११ स्थानमा, पहिरोबाट सात, पुल क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ स्थानमा गरी देशका ३१ स्थानमा सडक अवरुद्ध भएका थिए। हाल मुलुकका दुई सय ३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ १४ २०८००५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend