आइतबार, असोज ६ गते २०८१    
images
images

सुन तस्करीको सूचना संकलन गर्न सीआईबीका उच्च अधिकृत हङकङमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १३ २०८०
images
images
सुन तस्करीको सूचना संकलन गर्न सीआईबीका उच्च अधिकृत हङकङमा

सीआईबीले यही भदौ ८ गते सुनसम्बन्धीका आवश्यक सूचना र जानकारी भए सीआईबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोधसमेत गरिसकेको छ।

images
images

काठमाडौं- हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना संकलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक जना उच्च अधिकृत आज बुधबार हङकङ प्रस्थान गरेका छन्।

images
images
images

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई आवश्यक अनुसन्धानका लागि आज हङकङ पठाइएको जानकारी दिए। 

हङकङबाट ब्रेक शुमा हालेर ६० किलो ७ सय १६ ग्राम सुन गएको साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

त्यसको १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीले लिएको थियो। सीआईबीले यही भदौ ८ गते सुनसम्बन्धीका आवश्यक सूचना र जानकारी भए सीआईबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोधसमेत गरिसकेको छ। आफैँ पनि सुनका विषयमा सूक्ष्म अनुसन्धानमा लागेको सीआईबीले इन्टरपोलको समेत सहयोग माग सिकेको छ।  

images

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ। सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। जसमा भारतीय र चिनियाँसहितका छ जना विदेशी छन्। सीआईबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ।

सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ 

दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा आज प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज काठमाडौंलगायत स्थानबाट ६० किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरिएका जानकारी दिए। सुन तस्करी प्रकरणमा उनीहरूसहित पक्राउ पर्ने २५ जना पुगेका छन्।

उनले विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणको अनुसन्धानका लागि भने राहुल महरालाई पक्राउ गरिएको जानकारी दिए। राहुलले भने आफैँ सीआईबीमा गएकार फेसबुकमार्फत सार्वजनिक गरेका छन्। भेपमा लुकाएर नौ किलो सुन तस्करी भएको प्रहरीले जनाएको छ। गत वर्ष उक्त घटना भएको थियो। रासस


प्रकाशित : बुधबार, भदौ १३ २०८०१३:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend