आइतबार, असोज ६ गते २०८१    
images
images

पर्यटकीय आकर्षणको केन्द्र बन्दै सिसाघारी सिमसार

images
बुधबार, भदौ १३ २०८०
images
images
पर्यटकीय आकर्षणको केन्द्र बन्दै सिसाघारी सिमसार

६ वर्षअघि सुरु गरिएको भौतिक संरचना निर्माणमा हालसम्म तीन करोड बढी खर्च भइसकेको छ।

images
images

कटारी- उदयपुरको कटारी नगरपालिकास्थित कटारी बजारबाट चार किलोमिटर दुरीमा सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्र पर्दछ। कटारी-५ मा पर्ने पर्यटनको प्रचुर सम्भावना रहेको यस सिमसार क्षेत्रमा बर्मजिया-भूल्के हुँदै दुवै तर्फबाट जान सकिन्छ।

images
images
images

६ वर्षअघि सुरु गरिएको भौतिक संरचना निर्माणमा हालसम्म तीन करोड बढी खर्च भइसकेको सिसाघारी सिमसार तथा पर्यापर्यटन समितिका अध्यक्ष दिलबहादुर अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन्।

प्राकृतिक रुपले सुन्दर मानिएको यस सिमसारको संरक्षण तथा प्रवर्द्धनमा डिभिजन वन कार्यालय, कटारी नगरपालिकाका साथै विभिन्न संघसंस्था र व्यक्तिले समेत सहयोग गरेका छन्। सबैको सहयोगले अहिले यस क्षेत्रकै पर्यटनको गन्तव्यका रुपमा विस्तार हुँदै गएको अध्यक्ष अधिकारीले बताए। 'वन कार्यालय, कटारी नगरपालिकाका साथै प्रदेश सरकारले पनि यस क्षेत्रको प्रवर्द्धनमा सहयोगका गरिरहेका छन्', उनले भने, 'बर्सोनि यहाँ विकासको क्रम बढेको छ।'

गतवर्ष संघीय सरकारअन्तर्गत सहरी विकास मन्त्रालयबाट ९७ लाख रूपैयाँ र कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट ९७ लाख रूपैयाँ बजेट प्राप्त भएको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। उनले उक्त रकम सिमसार जाने सडकको स्तरोन्नति गरिएको बताए। सडकलाई थप विस्तार गरी कालोपत्र गर्ने काम यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन्।

images

पाँचवर्ष अघि स्थानीय उपभोक्ताको अतिक्रमणमा परेको खुला जग्गा अहिले लोभलाग्दो पर्यटकीय क्षेत्र बनेको प्रमुख श्रेष्ठले बताए। उनका अनुसार सिसाघारी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेको सिमसार अहिले यस क्षेत्रकै महत्वपूर्ण पर्यटकीयस्थल बनेको छ।

सामुदायिक वन उपभोक्ता समूहले जनश्रमदानसहित एक लाख ५० हजार रूपैयाँ लागतमा उपभोक्ताले अतिक्रमण गरेको क्षेत्रलाई नियन्त्रणमा लिएर सिमसार बनाउन सुरु गरिएको नगरप्रमुख श्रेष्ठको भनाइ थियो। उनका अनुसार उक्त क्षेत्र पर्यटकीयस्थलका रुपमा विस्तार भई सिमसार पर्यापर्यटन समितिमार्फत सञ्चालन भइरहेको छ।

सिमसारमा अहिले ‘टिकटक’, ‘झुला’, ‘लभ साइन’, बाल उद्यान, तालमा डुंगा, रमणीय पार्कलगायतका संरचना बनेका समितिका अध्यक्ष अधिकारीले बताए। उनका अनुसार सिमसार क्षेत्रमा मृग, निलगाई लगायतका वन्यजन्तुलाई संरक्षण गरी राखिएको छ। रासस


प्रकाशित : बुधबार, भदौ १३ २०८०१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend