आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

उही बिन्दु वरपर स्थिर हुँदैछ सेयर बजार, लगानीकर्तामा छैन उत्साह

बुधबार, भदौ १३ २०८०
उही बिन्दु वरपर स्थिर हुँदैछ सेयर बजार, लगानीकर्तामा छैन उत्साह

काठमाडौं- सेयर बजार लामो समयदेखि उही बिन्दु वरपर देखिएको छ। बजारमा स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा लगानीकर्ता अघि बढ्न सकेका छैनन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन। 

यो साता आइतबार २०.५४ अंकले घटेको सेयर बजार सोमबार स्थिर देखिएको थियो। सोमबार ५.०९ अंकले बढेको बजार मंगलबार पुन: ५.०५ अंकले घटेको थियो। बुधबार पनि बजार सामान्य ओरालोतिर नै देखिएको छ।

बुधबार २.८२ अंकले घटेर बजार १९९०.५९ बिन्दुमा झरेको छ। ७९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ। १३१ कम्पनीको सेयर मूल्य घटेको छ भने १९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पनि दुई दिनमात्र हरियाली देखिएको सेयर बजारमा यो साता पनि पहिलो कारोबार नै ओरालोतिर लागेको थियो। सोमबार सामान्य रुपमा सम्हालिएको बजार लगातार दुई कारोबारमा घटेको हो। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढाव भइरहेको हो। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन। 

सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, भदौ १३ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend