बुधबार, वैशाख २६ गते २०८१    
images
images

काठमाडौं-नयाँ दिल्ली ८ हजार रुपैयाँमै उडाउँदै भुटान एयरलाइन्स

images
बिजनेस न्युज
images
images
काठमाडौं-नयाँ दिल्ली ८ हजार रुपैयाँमै उडाउँदै भुटान एयरलाइन्स

त्यस्तै दुईतर्फीका लागि १६ हजार रुपैयाँ भाडा रहेको छ। यो अफर सेप्टेम्बरमा मात्र लागू हुने एयरलाइनले जानकारी दिएको छ। 

images
images

काठमाडौं- भुटान एयरलाइन्सले काठमाडौं-नयाँ दिल्ली उडानमा विशेष अफर ल्याएको छ। 

images
images
images

सेप्टेम्बर महिनाका लागि भन्दै भुटानले काठमाडौंबाट नयाँ दिल्ली जाने यात्रुका लागि विशेष छुट अफर ल्याएको हो। एयरलाइन्सले सार्वजनिक गरेको अफर अनुसार ८ हजार रुपैयाँमै एकतर्फी उडानमा यात्रा गर्न सकिने भएको छ। 

images

त्यस्तै दुईतर्फीका लागि १६ हजार रुपैयाँ भाडा रहेको छ। यो अफर सेप्टेम्बरमा मात्र लागू हुने एयरलाइनले जानकारी दिएको छ। 

images

एयरलाइनले हप्तामा तीन दिन उडान गर्दै आएको छ। पारो-काठमाडौं-नयाँ दिल्ली उडान हप्तामा चार दिन गर्दै आएको भुटान एयरले यो अफर सेप्टेम्बरमा मात्र लागू हुने जानकारी दिएको छ। 

images
images

आईतबार, सोमबार, मंगलबार र शनिबार उडान गर्दै आएको छ। भुटान एयलाइननको उडान काठमाडौंबाट बिहान ८:४० मा जान्छ भने दिल्लीबाट आउँदा दिउँसो १२:४० मा काठमाडौं अवतरण हुने तालिका रहेको छ।

भुटानसँगको हवाई सम्झौता अनुसार नेपालको विमानस्थलमा भुटानका एयरलाइन्सले फिफ्ट फ्रिडम फ्लाइटको सुविधा पाएका छन्। यस्तो सुविधामा हप्तामा सात उडानको भुटानका एयरलाइन्सले पाउँदै आएका छन्। यसमा ड्रुक एयरले तीन र भुटान एयरलाइनले चार उडान गर्दै आएको छ।  

 

 

images

प्रकाशित : ०४:०४
प्रतिक्रिया दिनुहोस