आइतबार, असोज ६ गते २०८१    
images
images

विद्युत् विधेयक संघीय संसदमा पेश गर्ने सरकारको निर्णय

images
मंगलबार, भदौ १२ २०८०
images
images
विद्युत् विधेयक संघीय संसदमा पेश गर्ने सरकारको निर्णय

तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक राष्ट्रियसभामा पेस गरेकी थिइन्। तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालले २०७९ भदौ ३१ गते विद्युत् विधेयक फिर्ता  लिएकी थिइन्। 

images
images

काठमाडौं- विद्युत् विधेयक- २०८० लाई सरकारले संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ।

images
images
images

मन्त्रिपरिषद्को आजको बैठकले सो विधेयकलाई पारित गरी संघीय संसद्मा पेश गर्ने निर्णय गरेको हो। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार सो विधेयक आजको बैठकले पारित गर्दै संघीय संसद्मा पेश गर्न ऊर्जा मन्त्रालयलाई अनुमति प्रदान गरेको छ।

लामो समयदेखि सो विधेयकको माग हुँदै आएको थियो। निजी क्षेत्रका ऊर्जा उद्यमीले समेत तत्काल नयाँ कानून ल्याउन सरकारसमक्ष आग्रह गर्दै आएका थिए। सरकारले यसअघि अघिल्लो संसद्मा नै सो विधेयक पेस गरेको थियो।

संघीय संसद्को कार्यकाल सकिएका कारण सो विधेयक प्रक्रियामा जान सकेको थिएन। तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक राष्ट्रियसभामा पेस गरेकी थिइन्। तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालले २०७९ भदौ ३१ गते विद्युत् विधेयक फिर्ता  लिएकी थिइन्। 

images

संसदीय प्रक्रिया लामो हुने देखिएपछि संसद्को कार्यकालसमेत अन्तिम हुन लागेको अवस्थामा थप सहजीकरणका लागि अध्यादेश जारी गर्न लागिएको थियो। राष्ट्रपति कार्यालय पुगेको सो अध्यादेश जारी हुन सकेको थिएन।

हालसम्म विद्युत् ऐन, २०४९ अनुसार नै मुलुकको समग्र ऊर्जा क्षेत्र क्रियाशील थियो। सो ऐनलाई समयानुकूल बनाउनुपर्ने माग सरोकारवाला निकायले गर्दै आएका थिए। निजी ऊर्जा उद्यमीले पनि समयानुकूल कानून नहुँदा आफूहरूलाई अप्ठ्यारो परेको बताउँदै आएका थिए।

यस्तै भन्सार विधेयक- २०८० लाई पनि संघीय संसद्मा पेश गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्रिपरिषद्ले निजीकरण समितिको सदस्यमा सांसदद्वय माधव सापकोटा र राजेन्द्रकुमार केसीलाई मनोनयन गरेको छ। 

यस्तै सरकारले सहसचिव दिनेशकुमार घिमिरेलाई सचिव पदमा बढुवा गरेको छ। नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा राहदानीबाहेकलाई प्रवेशाज्ञा शुल्क छुट दिने निर्णय भएको छ। नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्। रासस


प्रकाशित : मंगलबार, भदौ १२ २०८०१४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend