आइतबार, असोज ६ गते २०८१    
images
images

सन् २०३० सम्म १० हजार स्टार्टअप सिर्जना गर्ने उद्योग वाणिज्य महासंघको अभियान 

images
मंगलबार, भदौ १२ २०८०
images
images
सन् २०३० सम्म  १० हजार स्टार्टअप सिर्जना गर्ने उद्योग वाणिज्य महासंघको अभियान 

स्टार्टअप नेस २०३० नाम दिइएको यो अभियान अन्तर्गत काठमाडौंमा सम्पन्न दुई दिने सम्मेलनले चार बुँदे घोषणापत्र जारी गरेको छ। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा स्टार्टअप मुलुक बनाउने अभियान घोषणा भएको छ। महासंघले विभिन्न संस्थासँगको सहकार्यमा नेपालमा अन्वेषण तथा उत्पादनमैत्री वातावरण बनाउनका लागि सन् अभियान अघि बढाएको हो। 

images
images
images

महासंघको अग्रसरतामा यही अभियान सम्बन्धि दुई दिने सम्मेलन सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घको अगुवाइमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, नेदरल्यान्ड्सको पियुएम, इसिमोड र आन्टरपे्ररनाको सहकार्य रहेको छ । यसबाहेक विभिन्न स्वदेशी तथा विदेशी संस्था पनि यसमा सहभागि रहेका छन्। 

स्टार्टअप नेस २०३० नाम दिइएको यो अभियान अन्तर्गत काठमाडौंमा सम्पन्न दुई दिने सम्मेलनले चार बुँदे घोषणापत्र जारी गरेको छ। 

उद्यमशील सोचको विकास गर्ने, आफ्नै सिर्जनात्मक व्यवसायमूलक वातावरण सिर्जना गर्ने, नयाँ सोचलाई प्रबर्द्धन गर्ने, र सन् २०३० सम्म १० हजार स्टार्टअप सिर्जना गर्ने घोषणा गरिएक्षको छ। त्यस्तै यो बीचमा १ लाख गुणस्तरीय रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ। 

images

दुई दिनसम्म चलेको उक्त सम्मेलन आज समापन भएको छ। सम्मेलनमा सरकार तथा निजी क्षेत्रका प्रतिनिधिहरू भेला भएर विभिन्न विषयमा छलफल गरेका थिए। 

भारत तथा बंगलादेश लगायतका देशबाट पनि सहभागीहरू आएको उक्त सम्मेलनमा स्टार्टअप प्रबर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्था तथा संस्कृतिका बारेमा छलफल भएक‍ो थियो। 


प्रकाशित : मंगलबार, भदौ १२ २०८०१३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend