आइतबार, असोज ६ गते २०८१    
images
images

ऊर्जामा लगानी भित्र्याउन एचआईडीसीएल लागि पर्नुपर्नेमा ऊर्जामन्त्रीको जोड

images
मंगलबार, भदौ १२ २०८०
images
images
ऊर्जामा लगानी भित्र्याउन एचआईडीसीएल लागि पर्नुपर्नेमा ऊर्जामन्त्रीको जोड

ऊर्जा क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यका साथ स्थापित संस्थाले कुल २७ अर्ब ३९ करोड रूपैयाँ बराबरको लगानी गरिसकेको छ। कम्पनीले १२ वटा परियोजनामा मात्रै स्वपुँजीका रुपमा छ अर्ब १२ करोड रूपैयाँ बराबर लगानी गरेको छ। ती आयोजनाको कुल क्षमता नौ सय दुई मेगावाट छ।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लाई थप सबल संस्थाको रुपमा अगाडि बढाइ मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि परिचालन गरिने बताएका छन्।

images
images
images

सरकारले एचआईडीसीएललाई पुनः संरचना गर्ने व्यवस्था नीति तथा कार्यक्रम र चालु आवको बजेटमा समेत प्रबन्ध गरेको सन्दर्भमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री बस्नेतले सबल आर्थिक संस्थाको रुपमा यस कम्पनीलाई अगाडि बढाउने र थप लगानी विस्तार गरिने बताए। 

ऊर्जा क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यका साथ स्थापित संस्थाले कुल २७ अर्ब ३९ करोड रूपैयाँ बराबरको लगानी गरिसकेको छ। कम्पनीले १२ वटा परियोजनामा मात्रै स्वपुँजीका रुपमा छ अर्ब १२ करोड रूपैयाँ बराबर लगानी गरेको छ। ती आयोजनाको कुल क्षमता नौ सय दुई मेगावाट छ।

यस्तै, १९ वटा परियोजनामा २१ अर्ब २१ करोड रूपैयाँ बराबर लगानी गरेको छ। ती आयोजनाको क्षमता एक हजार चार सय ६७ मेगावाट बराबर छ। मन्त्री बस्नेतले बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायसँग सहकार्य गरेर मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि लगानी भित्र्याउने काममा एचआईडीसीएल लागि पर्नुपर्नेमा जोड दिए।

images

कम्पनीका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले यथास्थितिमा कम्पनीलाई थप अगाडि बढाउन भन्दा पनि नयाँनयाँ योजनाका साथ अगाडि बढाउनु जरुरी रहेको बताए। उनले कम्पनीले हालसम्म गरिरहेको काम सन्तोषजनक रहेको उल्लेख गर्दै थप लगानी विस्तारका लागि नयाँनयाँ उपाय र सोचको आवश्यकता रहेको बताए। सो कम्पनीले केही दिन अघि मात्रै विभिन्न चार वटा आयोजनामा १३ अर्ब रूपैयाँ बराबरको ऋण लगानी गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

कम्पनीले सरकारको प्राथमिकतामा रहेको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणमा आन्तरिकतर्फको लगानी जुटाउने जिम्मेवारी पाएको छ। यस्तै, दुई सय १० मेगावाट क्षमताको चैतनपुर सेतीमा पनि लगानी गर्दैछ। यस्तै, छ सय १० मेगावाट क्षमताको दूधकोशीमा पनि लगानीको तयारी गरेको छ। यस्तै, चार सय केभी क्षमताको सित्तलपार्टी हाइटार प्रसारण लाइन निर्माणमा पनि लगानीको तयारी गरेको छ । सो परियोजना राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्दैछ।

कुल २५ अर्ब ५० करोड पुँजी भएको कम्पनीले एक खर्ब बराबरको सेत परिचालन गर्न सक्ने भएपनि कानूनी आधार कमजोर भएकाले त्यसमा सुधार गर्नुपर्ने देखिन्छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था ऐन अन्तर्गत रहने गरी कम्पनीको संरचनामा सुधार गर्न यसअघि नै कम्पनीलाई आग्रह गरिसकेको छ। ऋण लगानी गर्न पाउने व्यवस्था भएपनि त्यसलाई उठाउनका लागि कानूनी प्रबन्ध हुन नसक्दा कम्पनीले समस्या भोग्दै आएको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले लगानीको स्रोतहरुको विविधिकरण, विस्तार तथा नयाँ आयाम विस्तारका लागि पनि कम्पनीको सुधार आवश्यक रहेको बताए। उनले यथास्थितिमा कम्पनी अगाडि बढ्न नसक्ने भएकाले सरकारको नीति तथा कार्यक्रममा समावेश भएको व्यवस्था अनुसार अगाडि बढ्ने वातावरण मिलाइदिन आग्रह गरे। रासस


प्रकाशित : मंगलबार, भदौ १२ २०८०१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend