आइतबार, असोज ६ गते २०८१    
images
images

बागलुङमा एक वर्षमा ६० हजार मेट्रिकटन आलु उत्पादन

images
मंगलबार, भदौ १२ २०८०
images
images
बागलुङमा एक वर्षमा ६० हजार मेट्रिकटन आलु उत्पादन

गत वर्ष बागलुङमा तीन हजार ६ सय ५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो। किसानले उत्पादित आलुमध्ये ३० प्रतिशत खानका लागि र ७० प्रतिशत आलु बिक्री गरिरहेका छन्।

images
images

बलेवा- बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ।

images
images
images

केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए। उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिकरुपमा आलु खेतीमा छन्।

गत आर्थिक वर्षमा आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धिमा सहयोग गरेको ज्ञान केन्द्रले चालु वर्षमा तीन करोड ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। ज्ञान केन्द्रको लागि विनियोजित कुल बजेटको झन्डै आधा बजेट आलु प्रवर्द्धनका लागि छ। चालु आर्थिक वर्षमा ज्ञान केन्द्रको लागि आठ करोड ६ लाख ४८ हजार रूपैयाँ विनियोजन गरेको छ।

यहाँ कृषि ज्ञान केन्द्रबाहेक स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन्। आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई आलुको बीउ, कृषि औजारदेखि बजारीकरणमा सहयोग पुर्‍याइने कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले बताए।

images

'कृषकलाई आलुको बीउ उपलब्ध गराउँछौँ, सिँचाइका सामग्री र उपकरण पनि सहयोग गर्छौँ', पुनले भने, 'उत्पादित आलुको बजारीकरणमा पनि सहयोग पुर्‍याउँछौँ।'

गत वर्ष बागलुङमा तीन हजार ६ सय ५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो। किसानले उत्पादित आलुमध्ये ३० प्रतिशत खानका लागि र ७० प्रतिशत आलु बिक्री गरिरहेका छन्। रासस


प्रकाशित : मंगलबार, भदौ १२ २०८०१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend