आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एक दिनको वृद्धिपछि पुनः ओरालोतिर सेयर बजार, कारोबार रकममा पनि गिरावट

मंगलबार, भदौ १२ २०८०
एक दिनको वृद्धिपछि पुनः ओरालोतिर सेयर बजार, कारोबार रकममा पनि गिरावट

मंगलबार ५.०५ अंकले घटेर बजार १९९३.४२ बिन्दुमा पुग्दा ८६ करोड ५१ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- सोमबार सामान्य वृद्धितर्फ लागेको सेयर बजार मंगलबार पुन: घटेको छ। यो साता पहिलो कारोबारमा आइतबार २० अंकले घटेको बजारमा सोमबार एकल अंकको सुधार देखिएको थियो। मंगलबार पुन: बजार ओरालो लागेको हो।

मंगलबार ५.०५ अंकले घटेर बजार १९९३.४२ बिन्दुमा पुग्दा ८६ करोड ५१ लाख रूपैयाँको कारोबार भएको छ। ६९ कम्पनीको सेयर मूल्य बढेको बजारमा १४४ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता दुई दिनमात्र हरियाली देखिएको सेयर बजार यो साता पहिलो कारोबारमा घटे पनि दोस्रो कारोबारमा भने सम्हालिएको थियो। तर बजारको वृद्धि एकदिन पनि टिक्न सकेन।

आइतबार २०.५४ अंकले घटेर बजार १९९३.३८ बिन्दुमा पुग्दा १ अर्ब २६ करोड २७ लाख ६७ हजार रूपैयाँको कारोबार भएको थियो भने सोमबार ५.०९ अंकले बढेर बजार १९९८.४८ बिन्दुमा पुग्दा ९८ करोड ८६ लाख रूपैयाँको कारोबार भएको थियो। मंगलबार भने कारोबार रकममा समेत गिरावट आएको छ।

सुधारको संकेत गरेको बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : मंगलबार, भदौ १२ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend