मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

घरेलु तथा साना उद्योग प्रवर्द्धनका लागि नीति ल्याउँदै सरकार 

images
मंगलबार, भदौ १२ २०८०
images
घरेलु तथा साना उद्योग प्रवर्द्धनका लागि नीति ल्याउँदै सरकार 

लामो समयदेखि स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादन श्रृंखला विकासका लागि घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने घोषणा कार्यान्वयन हुन सकेको छैन। यसका लागि विशिष्ट ऐन, नियम तथा मापदण्ड बनाएर जाने उल्लेख गरिएको छ। 

images
images

काठमाडौं- सरकारले लघु घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्नका लागि छुट्टै नीति ल्याउने भएको छ। संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नीतिको मस्यौदा तयार पारेको छ। 

images
images
images

यसअघि उद्योग नीतिमै घरेलु तथा सना उद्योगको परिभाषा तथा प्रवर्द्धनको घोषणा गरिएपनि सरकारले छुट्टै नीति ल्याएर सोही अनुसारको नियम कानून बनाउने तयारी अघि बढाएको छ। 

images
images

मन्त्रालयले तयार पारेको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति २०८० को मस्यौदामा अलग कानूनी तथा संस्थागत व्यवस्था गर्ने उद्देश्य लिइएको छ। उद्योग नीतिले बृहत् क्षेत्र समेट्ने र त्यसका लागि समग्र हेर्ने भएकाले न्यून प्राथमिकतामा परेको सरकारको विश्लेषण छ।

images
images

लामो समयदेखि स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादन श्रृंखला विकासका लागि घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने घोषणा कार्यान्वयन हुन सकेको छैन। यसका लागि विशिष्ट ऐन, नियम तथा मापदण्ड बनाएर जाने उल्लेख गरिएको छ। 

लघु र घरेलु उद्योग विशेषत: प्रदेश तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा पर्छन्। यस्तै क्षेत्रका लागि संघीय सरकारले भने मार्गदर्शनका लागि भन्दै छुट्टै नीति ल्याउन लागेको हो। घरेलु उद्योगको प्रवर्द्धन अत्यावश्यक भएको तर यसका लागि संघीय गतिविधिलाई एकीकृत सहायता तथा स्रोतको परिचालन सहज हुने भएकाले संघीय नीति बनाउन लागिएको मस्यौदामा उल्लेख छ। 

स्वदेशी कच्चापदार्थ उपयोग गरी लघु, घरेलु तथा साना उद्योगको माध्यमबाट कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान वढाउने, वृहत्तर आर्थिक समावेशिता तथा उद्यमशील संस्कृतिको विकास गर्दै स्वदेशमै रोजगारी तथा स्वरोजगारीका अवसरहरु सिर्जना गर्ने, निर्यातयोग्य वस्तु उत्पादन गर्ने लघु, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने नीतिको उद्देश्यमा राखिएको छ। 

लघु तथा घरेलु उद्योगलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गर्नका लागि सरकारले सहजीकरणको भूमिका निभाउने र यसका लागि तीन तहका सरकारबीच समन्वयका लागि नीतिगत मार्गदर्शनका लागि नीति ल्याउन लागिएको मस्यौदामा उल्लेख गरिएको छ। 


प्रकाशित : मंगलबार, भदौ १२ २०८००३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend