आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

मन्त्री ज्वालासँग दक्षिण कोरियाका राजदूतले भने- भौतिक पूर्वाधारमा लगानी गर्न तयार छौँ

images
सोमबार, भदौ ११ २०८०
images
मन्त्री ज्वालासँग दक्षिण कोरियाका राजदूतले भने- भौतिक पूर्वाधारमा लगानी गर्न तयार छौँ

मन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता हुन सके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताए।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दक्षिण कोरियाको एक टोलीले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न प्रस्ताव मागेको छ। नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्दै आएको दक्षिण कोरियाले भौतिक पूर्वाधार क्षेत्रमा पनि लगानी गर्ने आफूहरु तयार रहेको बताएको छ। 

images
images
images

केही महिनापछि नेपाल र दक्षिण कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा हुँदैछ। दौत्य सम्बन्ध पूरा भएको अवसरमा केही ठोस योजनाहरु दिए आफूहरु लगानी गर्न तयार रहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत थेयङ पार्कले बताए। 

images
images

सोमबार मन्त्री ज्वालालाई भेट्न सिंहदरबार पुगेको राजदूतसहितको टोलीले सडक वा रेलका क्षेत्रमा लगानी गर्न आफ्नो देश तयार रहेको बताएको हो। भौतिक पूर्वाधारका हिसाबले नेपालमा अझै धेरै गर्नुपर्ने भएकोले त्यसका लागि ठोस आयोजनामा छलफल गर्न तयार रहेको राजदूत पार्कले बताए।

images
images

जवाफमा मन्त्री ज्वालाले भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता हुन सके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताए। ‘केही समयमा दुई देशबीचको दौत्य सम्बन्ध ५० वर्ष पुग्दैछ, यहीबेला भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण निर्णय लिनसके दुई देशबीको सम्बन्ध अझै प्रगाढ हुन्छ’ मन्त्री ज्वालाले भने। मन्त्री ज्वालाले नेपालका इन्जिनियरहरुलाई तालिम दिएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद समेत दिए।  

सन् २०१८ मा नेपाल र दक्षिण कोरियाबीच भौतिक पूर्वाधारका विषयमा सम्झौता गर्ने तयारी थियो। सरकार परिवर्तनले त्यतिबेला हुन नसकेको सम्झौतालाई अगाडि बढाउन राजदूत पार्कले माग गरेका थिए। 

जवाफमा मन्त्री ज्वालाले सम्झौतालाई अध्ययन गरी अगाडी बढाउन आफूले पहल गर्ने बताएका हुन्।


प्रकाशित : सोमबार, भदौ ११ २०८०११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend