शनिबार, मंसिर ८ गते २०८१    
images
images

हवाई सुरक्षामा गम्भीर असर पार्ने काम गरेको ठहरसँगै सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई १० हजार जरिवाना

images
सोमबार, भदौ ११ २०८०
images
images
हवाई सुरक्षामा गम्भीर असर पार्ने काम गरेको ठहरसँगै सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई १० हजार जरिवाना
images
images

काठमाडौं- सिम्रिक एयर प्रालिका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना गराएको छ। प्राधिकरणले हवाई सुरक्षामा गम्भीर असर पार्नेगरी कार्य गरेको भन्दै उनलाई कारबाही गरेको हो।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा (२) बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ। 

images

विभिन्न मितिमा प्राधिकरणले गरेका निर्णयहरू कार्यान्वयन गर्न/गराउन अरुभन्दा बढी जिम्मेवार हुनु पर्ने तथा वायु सेवा सञ्चालक संघ नेपालको अध्यक्ष नै रहेको व्यक्ति नै प्राधिकरणको निर्णयहरूको विरोधमा लागेको प्राधिकरणको ठहर छ।

images

प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त गरी प्राधिकरणको नियमन तथा निर्देशन पालना गर्ने प्रतिबद्धता जनाएको सेवाप्रदायक संस्था सिम्रिक एयरका अध्यक्ष थापाले प्राधिकरणले नेपालको हवाई आकाशलाई सुरक्षित बनाउन गरेका आदेश तथा निर्देशनको कार्यान्वयनमा पटक-पटक अवरोध सिर्जना गरी विद्यमान कानूनको बर्खिलाप हुनेगरी काम गरेको प्राधिकरणको ठहर छ।

वायुयानको रात्रीकालीन विसान अनुमति अनुसार काम गर्न दिएको निर्देशन अवज्ञा गर्दै निर्णयलाई स्वेच्छाचारी तथा एकपक्षीय निर्णय भनेर वायु सेवा सञ्चालक संघ नेपालको लेटरप्याडमा प्राधिकरणविरुद्ध भ्रम फैलाउने उद्देश्यसहितको विज्ञप्ति जारी गरेर नेपालको कानूनले अत्यावश्यक सेवामा समावेश गरी बन्द/हड्ताल गर्न निषेध गरेको कामसमेत गरेको प्राधिकरणले जनाएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको उडान सुरक्षा निगरानीको क्षमता सम्परीक्षण गर्ने उद्देश्यले विश्वव्यापी सेफ्टी अडिट कार्यक्रम अन्तर्गत १३ देखि २५ अप्रिल २०२२ मा सारा नेपाली उड्डयन क्षेत्र अडिटको काममा व्यस्त भएको अवधिमा थापाले प्राधिकरणको विद्यमान नीति निर्णय तथा कार्यदेशको विरुद्धमा विभिन्न सञ्चार माध्यममा गइ प्राधिकरणको संस्थागत उड्डयन नीतिको विरुद्धमा अभिव्यक्ति दिइ सर्वसाधारण नागरिकमा प्राधिकरणले गरिहेको काम कारवाहीमा सन्देह उत्पन्न गराएर अडिटलाई प्रभाव पार्ने/नकारात्मक सन्देश दिने कार्य गरी प्राधिकरणको कानूनी प्राधिकार कार्यान्वयनमा अवरोध गरेको प्राधिकरणले ठहर गरेको छ।

छोटो अवधिमा नेपालमा उडान गर्ने ४ वटा हेलिकप्टर कम्पनीको ४ वटा फरक फरक प्रकृतिका अप्रत्यासित रुपमा भएका दुर्घटना पश्चात नेपालको दुर्गम भेगमा प्रतिकुल मौसमको कारणले हुने हवाई दुर्घटना न्यूनीकरण गर्ने प्रमुख उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणले लागु गरेको विभिन्न सुरक्षा निर्देशनहरूको विरुद्धमा श्रृंखलाबद्धरुपमा प्रत्यक्ष/अप्रत्यक्ष संलग्न भइ विभिन्न माध्यम प्रयोग गरी गलत प्रचार गरी जनतामा भ्रम पैदा गरेको प्राधिकरण ठहर गरेको छ।


प्रकाशित : सोमबार, भदौ ११ २०८०११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend