आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

दश दिनपछि खुल्यो मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर

images
सोमबार, भदौ ११ २०८०
images
दश दिनपछि खुल्यो मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर

खुलालु पक्की पुलको बायाँतर्फको भागमा निकै कठिन भूगोल रहेको कारणले मर्मतका लागि भदौ १ गतेदेखि बन्द गरिएको थियो।

images
images

मान्म- मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ। कर्णाली करिडोको कालीकोटको नरहरिनाथ गाउँपालिका-८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको आजबाट खुल्ला गरिएको हो।

images
images
images

मर्मतका लागि बन्द गरिएको खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको बायाँपट्टिको जोखिम सडक दश दिनपछि सञ्चालनमा आएको छ। खुलालु पक्की पुलको बायाँतर्फको भागमा निकै कठिन भूगोल रहेको कारणले मर्मतका लागि भदौ १ गतेदेखि बन्द गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए। 

images
images

'पुलको एकातर्फीको भाग निकै कठिन रहेको थियो', उनले भने, 'त्यसको मर्मतका लागि केही दिन कर्णाली करिडोर खुलालु सडक केही दिनका लागि बन्द गरिएको थियो।' खुलालु पुलको उकालोको जोखिम सडक अहिले डबल कटिङ सकिएकाले सडक सञ्चालनमा आएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए। 'सडक डिभिजन कार्यालय जुम्लाको अनुरोधमा केही दिन सडक बन्द गरिएको थियो', उनले भने, 'अहिले मर्मतको काम सकिएकाले खुल्ला गरिएको छ।'

images
images

सडक फराकिलो नभएकाले दश दिनका लागि सडक बन्द गराएको भए पनि अब बन्द गर्न नपर्ने र सडक मर्मतको काम सकिएको भएपनि आरसीसी गर्न बाँकी रहेको निर्माण व्यवसायी रुपक आचार्यले बताए। रासस


प्रकाशित : सोमबार, भदौ ११ २०८०१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend