आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

पोखरा वृद्धाश्रममा ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती

images
सोमबार, भदौ ११ २०८०
images
पोखरा वृद्धाश्रममा ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती

परीक्षणका लागि जमिनमा फलामको फ्रेम र भवनको तेस्रो तलाको रेलिङबारमा गरि कुल दुई सय ७० बिरुवा लगाइएको छ। बिरुवालाई पोषणका रुपमा प्रयोग हुने न्युटेसन महँगो हुँदा उत्पादन लागत बढ्ने देखिएको अध्यक्ष कुसुम केशव पराजुलीले बताए।

images
images

गण्डकी- पोखरा महानगरपालिका-१७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा हाइड्रोपोनिक प्रविधि (माटोको प्रयोगबिना बोटबिरुवाको खेती गर्ने तरीका) बाट तरकारी खेती सुरु गरिएको छ।

images
images
images

माटो नचाहिने, थोरै ठाउँमा धेरै बिरुवा लगाउन सकिने र उत्पादनसमेत दोबर हुने आधुनिक प्रविधि भित्र्याएर वृद्धाश्रममा तरकारी खेती सुरु गरिएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए। 'सहयोगदाताबाट आएको खाद्यान्नले आश्रम चलेको छ', उनले भने, 'तरकारीमा मात्रै वार्षिक चारदेखि पाँच लाख रूपैयाँ खर्च हुने गरेको छ।'

images
images

प्रविधि सफल भएमा आश्रमलाई तरकारीमा आत्मनिर्भर बनाउँदै बाहिर बिक्री गरेर थप आयआर्जन गर्ने लक्ष्य रहेको अध्यक्ष पराजुलीको भनाइ थियो। 'लहरै मिलेका पोलिथिन पाइपको माथिल्लो भागमा पारिएका प्वालमा सानो फमको टुक्राको बीचमा राखिएका पेपर कपमा लगाइएका गोलभेँडा र सलाद सागका बिरुवा फस्टाएका छन्', उनले भने, 'परीक्षणका लागि जमिनमा फलामको फ्रेम र भवनको तेस्रो तलाको रेलिङबारमा गरि कुल दुई सय ७० बिरुवा लगाइएको छ।'

images
images

अध्यक्षय पराजुलीका अनुसार आश्रमको छानाबाट बर्सातको पानी संकलन गरी मोटरको सहायताले पाइपमार्फत सञ्चालन गरिएको छ। बिरुवालाई पोषणका रुपमा प्रयोग हुने न्युटेसन महँगो हुँदा उत्पादन लागत बढ्ने देखिएको उनले बताए।

हाइड्रोपोनिक प्रविधि संयोजक सिद्धिकुमार रेग्मीका अनुसार गोदावरी नगरपालिकाको ठेचोस्थित कुशल गुरुङले सञ्चालन गरेको उक्त प्रविधिको स्थलगत अवलोनपश्चात् आश्रममा सो प्रविधिबाट तरकारी खेती सुरु गरिएको हो।

पहिलो पटक सुरु गरिएको उक्त प्रविधिअन्तर्गत न्युटेसनको मात्रा नमिल्दा र खुला स्थलमा भएको हुँदा सोचेजस्तो नभए पनि आगामी दिनमा व्यवस्थित गर्दै आश्रमलाई आवश्यक तरकारी उत्पादन गर्ने अभियानमा जुटेको उनको भनाइ छ।

आश्रममा समाजका विपन्न, असहाय र अपहेलित ज्येष्ठ नागरिक र सेवकसेविका गरी कुल ५५ जना आश्रित छन्। आश्रमको गोठमा सानाठूला गरी छ गाई रहेको बताउँदै रेग्मीले भने, 'गाईको दूधले आमाबुवालाई पुगेको छ भने मलले वृद्धाश्रमको हातामा परम्परागतरुपमा मौसमअनुसारको तरकारी खेती गरिएको छ।' रासस


प्रकाशित : सोमबार, भदौ ११ २०८००९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend