आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आइतबार घटेको सेयर बजार सोमबार सामान्य वृद्धितर्फ, ९८ करोड ८६ लाखको मात्र कारोबार

सोमबार, भदौ ११ २०८०
आइतबार घटेको सेयर बजार सोमबार सामान्य वृद्धितर्फ, ९८ करोड ८६ लाखको मात्र कारोबार

काठमाडौं- आइतबार २०.५४ अंकले घटेको सेयर बजार सोमबार स्थिर देखिएको छ। गएको साता दुई दिनमात्र हरियाली देखिएको सेयर बजारमा यो साता पनि पहिलो कारोबार नै ओरालोतिर लागेको थियो। सोमबार भने बजार सम्हालिएको छ।

सोमबार ५.०९ अंकले बढेको बजार १९९८.४८ बिन्दुमा पुगेको छ। ११८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९८ करोड ८६ लाख रूपैयाँको मात्र कारोबार भएको छ। ९७ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढाव भइरहेको हो। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन। 

सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, भदौ ११ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend