शनिबार, वैशाख १५ गते २०८१    
images
images

नाडा अटो एक्सपो २०२३ : प्रदर्शनीमा १६ चारपांग्रे र २३ दुईपांग्रे सवारी साधनसहित ८२ स्टल रहने

images
images
images
नाडा अटो एक्सपो २०२३ : प्रदर्शनीमा १६ चारपांग्रे र २३ दुईपांग्रे सवारी साधनसहित ८२ स्टल रहने

यस नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएको नाडाले जनाएको छ।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा यही भदौ २६ गतेदेखि 'नाडा अटो एक्सपो २०२३' हुँदैछ। कोभिड र आयात प्रतिबन्धका कारण लगातार तीन वर्षदेखि हुन नसकेको अटो शो यो वर्ष हुने भएको नाडाले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। 

images
images
images

साउनको दोस्रो साता नाडा अटो एक्सपो २०२३ मा सहभागी हुने कम्पनीहरूका लागि स्टल निर्धारणका लागि लक्की ड्र भएको थियो। नाडा अटो एक्सपोमा सहभागी हुने सबै फर्म/कम्पनीहरूले समान अवसर प्राप्त गरोस् भन्ने उद्देश्यले नाडाले लक्की ड्र मार्फत स्टलहरूको वितरण गर्दे आएको छ। 

images

नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी भएकाले यसलाई सहज र व्यवस्थित बनाइएको नाडा अटो शो २०२३ का संयोजक अनुपकुमार बरालले बताए। अटो शोमा दुई पांग्रे, चार पांग्रे, कमर्सियल सवारीका नयाँ तथा उपलब्ध सवारीको प्रदर्शनी र प्रविधिबारे जानकारी पाउन सकिने बरालको भनाइ छ। 

images

यस नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएको नाडाले जनाएको छ। प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ। नाडा अटो एक्सपो २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत अन्य विभिन्न कारणहरूबाट आयोजना हुन सकेको थिएन। लामो समयदेखि हुन नसकेकाले नाडा अटो शो २०२३ मा अटोमोबाइल कम्पनीहरूको अत्यधिक सहभागिता भएको नाडाको भनाइ छ। 

images
images

दर्शकहरूले यस प्रदर्शनीमा विद्युतीय सवारीसाधनहरू लगायत चार वर्षपछि हालसम्मका नयाँ मोडलहरूको अवलोकन गर्न पाउने छन्। खासगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित कुल १ सय २० वटा स्टलहरू प्रदर्शनीमा रहने छन्। 

जसमध्ये चारपांग्रे सवारी साधन १६, दुई पांग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट र एसेसरिज ३१ रहने छन्। विभिन्न अवरोधहरूका बावजुद पनि नाडाले गत वर्ष भव्यताका साथ नाडा ईभी एक्सपो २०२२ समेत सम्पन गरेको थियो।

विभिन्न कारणहरूले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसाय अब केही चलायमान हुने अपेक्षासमेत राखिएको छ। नेपालको सबैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो एक्सपोको १५औँ संस्करणको 'नाडा अटो एक्सपो २०२३' भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुँदैछ। 

सो प्रदर्शनीमा सहभागी हुने अटोमोबाइल कम्पनीहरूले आफ्ना नयाँ मोडलका सवारी साधनहरूको विक्रीका लागि विभिन्न छुट र सुविधासहितका प्याकेजहरू समेत दिने भएकोले यो प्रदर्शनी विगतका प्रदर्शनीहरू भन्दा थप भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने अपेक्षा राखिएको छ। यस प्रदर्शनीमा ७५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने आसासमेत नाडाले गरेको छ। 

नाडा अटो एक्सपो २०२३ को सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एन्ड मेनजमेन्ट सर्भिस प्रालिले गर्नेछ। अटो शो २०२३ को प्रयोजक टाटा मोटर्स जेनियुन अइल रहेको छ।

'कोभिडअघि अटो शो र दसैँतिहारको समयमा ४० प्रकाशित सवारी साधन बिक्री हुने गरेको थियो। अहिले अवस्था बदलियो। अर्थतन्त्र जटिल अवस्थामा रहेकाले यो वर्षको अटो शोले अर्थतन्त्रलाई समेच चलायमान बनाउन सहयोग पुग्ने छ,' नाडा अध्यक्ष ध्रुव थापाले भने।

यो वर्षको नाडा अटो शोमा पार्किङका लागि प्रर्दशनी स्थलबाहिर रहेको र त्यहाँबाट आउन सटल बसको व्यवस्था गरिएको उनको भनाइ छ।

images

प्रकाशित : सोमबार, भदौ ११ २०८००७:३०

प्रतिक्रिया दिनुहोस