आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

राष्ट्र बैंकले गर्‍यो चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, उत्पादनमूलक उद्योगप्रति लचिलो

सोमबार, भदौ ११ २०८०
राष्ट्र बैंकले गर्‍यो चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, उत्पादनमूलक उद्योगप्रति लचिलो

राष्ट्र बैंकले १ करोडसम्म उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गरेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा मार्गदर्शन संशोधन गरेको छ। मौद्रिक नीतिमार्फत चालु पुँजी कर्जा संशोधन गर्ने घोषणा गरेको राष्ट्र बैंकले उत्पादनमूलक उद्योगका लागि चालु पुँजी कर्जामा सहुलियत दिएको छ।

राष्ट्र बैंकले १ करोडसम्म उत्पादनमूलक उद्योगको हकमा चालु पुँजी कर्जाको सीमा १ करोडबाट बढाएर ३ करोड पुर्याएको छ। बैंक तथा वित्तीय संस्थाले अब आफ्नै चालु पुँजी कर्जा मार्गदर्शननुसार उक्त सीमासम्म चालु पुँजी कर्जा दिन पाउने छन्। 

यस्तै, २ करोडसम्म उत्पादनमूलक उद्योगको हकमा ४ करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गरिएको छ। विभिन्न फर्म, संस्था तथा कम्पनीलाई १ वा एक भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोडसम्म उत्पादनमूलक उद्योगको हकमा ४ करोडसम्म चालु पुँजी कर्जा सीमा निर्धारण गर्दा वार्षिक कारोबार वा बिक्रीको अधिकतम २० प्रतिशतबाट बढाएर ५० सीमा निर्धारण गरिएको छ। 

इजातजत प्राप्त संस्थाले उद्यम व्यवसायको संचालन चक्र, क्यास कन्भर्सन साइकल, डीएसओ , लिड टाइम  र एकाउन्ट पियलवल विश्लेषण गर्दा कर्जा फाइलमा उल्लेख गरी अनुमानित वार्षिक करोबार वा बिक्रीको अधिकतम सीमा ५० प्रतिशतले हुन आउने रकमसम्म कुल चालु पुँजी कर्जा सीमा कायम गर्न पाउने व्यवस्था गरेको छ। यसअघि यस्तो सीमा २५ प्रतिशत रहेको थियो।


प्रकाशित : सोमबार, भदौ ११ २०८००५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend