आइतबार, असोज ६ गते २०८१    
images
images

१५ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न ७ दिने लिखित स्पष्टीकरण 

images
सोमबार, भदौ ११ २०८०
images
images
१५ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न ७ दिने लिखित स्पष्टीकरण 

कार्यालयले १५ वटा सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि गरिएको सिफारिसका आधारमा लिखित स्पष्टीकरण पेस गर्न भनेको हो। 

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न लिखित स्पष्टीकरण पेस गर्न भनेको छ।

images
images
images

कार्यालयले १५ वटा सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि गरिएको सिफारिसका आधारमा लिखित स्पष्टीकरण पेस गर्न भनेको हो। 

विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो। तर कार्यालयले उक्त अवधिमा कुनै पनि कम्पनीले जवाफ नदिएकाले सोमबार पुनः ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सूचना प्रकाशित गरेको हो। 

कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ 'क' को प्रयोजनार्थ सूचना प्रकाशित भएको जनाएको छ।

images
likhit spasti.PNG


प्रकाशित : सोमबार, भदौ ११ २०८००४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend