काठमाडौं- नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ। राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्वारा नयाँ कार्यसमिति चयन गरिएको हो।
कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा सूर्य प्रसाद दहाल, उप महासचिवमा अनिल बस्नेत र कोषाध्यक्ष्मा बिमलेश यादव चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा प्रदिप अधिकारी, सल्यान के.सी, निशा खतिवडा, रविन बि.क, प्रकाश गौतम रहेका छन्। महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार रहेका छन्।